पोखरा । पोखरा महानगरपालिकाको स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको भन्दै एमाले कास्कीले दुई जनालाई कारवाही गरेको छ ।
भ्वाइस रेकर्ड समेत सार्वजनिक भएपछि त्यसबारे छानविन गर्दै एमाले कास्कीले दुईजनालाई कारवाही गरेको हो ।
एमाले कास्कीका अध्यक्ष मनप्रसाद गुरुङले जारी गरेको विज्ञप्ति अनुसार, पार्टी संगठित सदस्य मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्यलाई कारवाही गरिएको छ ।
उनीहरुलाई पार्टी हित विपरित काम गरेको भन्दै संगठित सदस्यबाट निलम्बित गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्