ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तौल बढ्ने चिन्ता लाग्दा पनि राम्रोसंग खान मिल्ने १० खानेकुरा


एबीसी / संवाददाता

काठमान्डौ जेठ ३

कसै कसैलाई अलिकति बढि मासु, चिल्लो अनि गुलियो खानेकुरा खानेबित्तीकै तौल बढ्ने समस्याले सताइरहेको हुन्छ भने कसै(कसैलाई जति खाएपनि जस्ताको तस्तै हुने हुन्छ। यो सबै मानिसको शरीरअनुसार भर पर्ने कुरा हो।

कसैको शरीरले खानेकुराको क्यालोरीलाई सजिलै पचाउन सक्छ र तौल बढ्ने डर हुँदैन, तर कसैको शरीरमा क्यालोरीलाई पचाउन सक्ने क्षमता कमजोर हुन्छ, त्यसैले नै छिट्टै तौल बढ्ने समस्या हुन्छ।

एक साधारण पुरुषलाई दैनिक २६४० क्यालोरी र महिलालाई दैनिक १७८५ क्यालोरीको आवश्यकता पर्दछ। प्रति ८५ ग्राम मासुमा २१३ क्यालोरी हुन्छ, जसमा बोसो र चिल्लो पदार्थको मात्रा पनि उत्तिकै हुन्छ। अनि जसको शरीरले क्यालोरीलाई सजिलै पचाउन सक्दैन, उसले एक दिनमा मासु लगायत अन्य गुलियो खानेकुराको सेवन गर्दा मोटोपना बढ्नु स्वाभाविक नै हुन्छ।

तथापी, क्यालोरीको मात्रा कम भएका अनि प्रोटिनको पनि पर्याप्त मात्रा भएका अन्य खानेकुराहरू पनि छन्, जसलाई जति खाँदा पनि मोटोपनाको डर मान्नुपर्दैन। यदि तपाईँलाई धेरै खान मन लाग्छ, तर मोटाउने डर लाग्छ भने कम क्यालोरी भएको खानेकुरा खानु उचित हुन्छ। त्यसैले निम्न १० खानेकुराहरू मन लागेजति ढुक्क भएर खानुहोस्

१। काउली
प्रति ५८८ ग्राम काउलीमा १४६ क्यालोरी, २९ ग्राम कार्बोहाइड्रेट अनि ११ ग्राम प्रोटिन पाइन्छ। साथै यो भिटामिन सी, बी(६ अनि फलामको पनि राम्रो स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई समेत मजबुत बनाइराख्दछ। सन्तुलित भोजनमा काउली मिसाउनाले क्यान्सरको खतराबाट पनि राहत पाउन सकिन्छ, साथै मोटोपनाको समस्याबाट पनि गुज्रिनु पर्दैन।

२। बन्दा
प्रति १०० ग्राम बन्दामा २४ क्यालोरी, ५।२ ग्राम कार्बोहाइड्रेट अनि १।२ ग्राम प्रोटिन पाइन्छ। यो भिटामिन सी र फोलेटको धनाढ्य स्रोत हो। यसले पनि काउलीले जस्तै क्यान्सरविरोधकको काम गर्छ र मोटोपनालाई नियन्त्रणमा राख्दछ।

३।फर्सी
फर्सी मन पर्छ भने फर्सी खानुहोस्। यसको प्रति ११६ ग्राममा ३० क्यालोरी, ८ ग्राम कार्बोहाइड्रेट र १।२ ग्राम प्रोटिन पाइन्छ। भिटामिन(ए को राम्रो स्रोत भएको फर्सीले आँखाको शक्तिलाई मजबुत बनाउँदछ भने यसमा रहेको भिटामिन(सी ले प्रतिरक्षा शक्तिको पनि विकास गर्दछ। यसमा क्यालोरीको मात्रा कम हुन्छ, त्यसैले मनले मागेको जति खाएपनि मोटाउने डर पैदा गराउँदैन।

४। ब्रोकाउली
काउलीको राजा ब्रोकाउलीको प्रति १४८ ग्राममा केवल ५० क्यालोरी, १० ग्राम कार्बोहाइड्रेट अनि ४।२ ग्राम प्रिटिन पाइन्छ। भिटामिन ए र सी को पनि राम्रो स्रोत भएको ब्रोकाउलीले हाडजोर्नीको दुखाईलाई कम गर्नुको साथै काटेको अथवा पोलेको घाउचोटलाई समेत चाँडै निको गराउन मद्दत गर्दछ। क्यान्सर गराउन फ्री राडिकललाई समेत नष्ट गर्ने ब्रोकाउली ढुक्कले खानुहोस्, मोटाउने चिन्ता नगर्नुहोस्।

५। कुरिलो
कुरिलोको मौसम पनि आउँदैछ। त्यसैले दैनिक खानामा विविधता चाहनुहुन्छ भने कुरिलो मिसाउनुहोस्। यसको प्रति १६ ग्राममा केवल ३ क्यालोरी, ०।६ कार्बोहाइड्रेट अनि ०।४ प्रोटिन पाइन्छ। आँखाको लागि अति गुणवान कुरिलोले शरीरको प्रतिरक्षा क्षमतालाई समेत गिर्न दिँदैन। पाचन प्रक्रियामा सहजता प्रदान गर्ने यस खानेकुरा खाँदा मोटाउने डर मान्नै पर्दैन।

६। मुला
शरीरमा भएको बोसोलाई बिस्तारै कम गर्दै लान चाहनुहुन्छ भने मुलाको तरकारी अथवा काँचै मुला चपाउनुहोस्। यसको प्रति ४।५ ग्राममा केवल १ क्यालोरी, ०।२ ग्राम कार्बोहाइड्रेट पाइन्छ। रगतलाई सफा गर्ने, स्वासप्रश्वासमा राहत दिने, मुटुलाई स्वस्थ राख्ने, मृगौला सफा गर्ने लगायत मुलाका थुप्रै फाइदाहरू छन्।

७।गाँजर
गाँजर खाँदा गुलियो हुन्छ तर यसले मोटोपना गराउँदैन। यसलाई त खानेकुराहरूमध्येको सबैभन्दा स्वस्थ अनि फाइदाजनक खानेकुरा भन्दा पनि फरक पर्दैन। यसको प्रति ६१ ग्राममा २५ क्यालोरी, ६ ग्राम कार्बोहाइड्रेट अनि ०।६ ग्राम प्रोटिन पाइन्छ। भिटामिन(ए को राम्रो स्रोत गाँजरले आँखालाई तेजिलो गराई रतन्धो, मधुमेह, मुटुरोग, ग्यास्ट्रिक लगायत अन्य कैयौँ स्वास्थ्य समस्याहरूलाई समेत रोकथाम गर्दछ।

८। हरीयो सागपात
अधिकांश हरीयो सागपातको प्रति ३० ग्राममा औषत ७ क्यालोरी, १।१ ग्राम कार्बोहाइड्रेट र ०।९ ग्राम प्रोटिन रहेको हुन्छ। दमरोगीको लागि सञ्जीवनी मानिने हरीयो सागपातले क्यान्सरविरोधकको पनि काम गर्दछ। रक्तचापलाई नियन्त्रण गरी मुटुको स्वास्थ्यलाई सुधार गर्न पनि यसले महत्वपूर्ण भूमीका खेल्दछ।

९। खुर्सानी
पिरो खाले होस् या नपिरो खाले होस्, खुर्सानी भनेको खुर्सानी नै हो। यसमा हुने क्याप्सेसिन भिटामिन(सी को राम्रो स्रोत हो। अझै क्याप्सेसिनले त शरीरमा क्यान्सरसँग लड्न सक्ने क्षमता पनि प्रदान गर्दछ भनेर पत्ता लागिसकेको छ। खुर्सानी जति पीरो भयो क्यान्सरको लागि त्यति नै राम्रो मानिन्छ। तर विचार पुर्याउनुहोस्, खाली पेटमा पीरो खुर्सानीले नकारात्मक असर गर्न सक्छ।

१०। चना
शुद्ध शाकाहारीहरूको लागि प्रोटिनको राम्रो स्रोत चनाको प्रति १२।५ ग्राममा ४६ क्यालोरी, ८ ग्राम कार्बोहाइड्रेट अनि २।४ ग्राम प्रोटिन पाइन्छ। यसले धेरैबेरसम्म भोक लाग्न दिँदैन र मांशपेसीको वृद्धि र विकासमा समेत मद्दत गर्दछ। जिम जाने, दैनिक साइकल चलाउने अथवा भारी काम गर्नेहरूले चनाको दैनिक सेवन गर्नु एकदमै फाइदाजनक हुन्छ। नयाँ पुस्ता बाट साभार

प्रतिक्रिया दिनुहोस्

भर्खरै

स्वतन्त्र अभियानको मापदण्ड : स्नातक अनिवार्य, ६८ वर्षमाथिलाई रोक

काठमाडौं, १८ असार । स्वतन्त्र उम्मेदवारी अभियान अन्तर्गतको उम्मेदवार हुन १३ बुँदे मापदण्ड तय गरिएको छ । स्वतन्त्र उम्मेद्वारहरुको प्रथम राष्ट्रिय विशेष भेलामा अभियानका संयोजक

दुइवटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउने प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं, १८ असार ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताउनुभएको छ । शनिबार निजगढस्थित ’अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को निरीक्षणमा जानुभएका देउवाले सुविधासम्पन्न

विमानस्थलको निरीक्षण गर्न प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा

काठमाडौं, १८ असार । प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुग्नुभएको छ ।  प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका

सम्बन्धित

नेवाः समुदायमा आज सन्ध्याकालमा सिल्लाचःह्रे मनाईदैँ

सिमकोटमा मौलिकता झल्काउँदै चैतलो पर्व

सीमानाकाबाट दैनिक ४० देखि ११० जनासम्म कोरोना सङ्क्रमित बोकेर अस्पत्ताल लैजाने सुरेन्द्रको कथा

मुग्लान कमाउन गएका खसम नफर्किँदा ……

जाडोमा भित्रि पहिरन कस्तो लगाउने, के लगाउने ?

बिहान ढिलासम्म सुत्नुका यस्ता छन् साइड इफेक्टहरु !!

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com