ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीकापुरमा १८ मतदान अधिकृत महिला


एबीसी / संवाददाता

काठमाडौँ, ३० बैशाख । कैलालीको टीकापुर नगरपालिकामा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । ९ वडा रहेको टीकापुरमा १६ मतदान केन्द्र तथा ५७ मतदानस्थल छन् ।

५७ मतदानस्थलमध्ये १८ मा मतदान अधिकृत महिला तोकिएका छन् । त्यसैगरी २५ महिला सहायक मतदान अधिकृतमा खटाइएको नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अघिल्लो निर्वाचनलाई हेर्दा यी बुथमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी पाउनेमा महिलाको संख्या बढेको जनाइएको छ । टीकापुर नगरको प्रशासकीय अधिकृत रञ्जु आचार्यले यसपटक मतदान अधिकृत महिलाको संख्या बढेको बताउनुभयो । “यसपाली मतदान अधिकृत, सहायक मतदान अधिकृतमा महिलाको सङ्ख्या बढेको छ, त्यहाँ खटेका अन्य महिला कर्मचारीको सङ्ख्यासमेत बढी छ”, आचार्यले भन्नुभयो ।

यसअघि सहायक वा सहयोगी कर्मचारी भएर निर्वाचनमा खटिएका महिला यसपटक मतदान अधिकृत हुन पाउँदा जिम्मेवारीसँगै सिकाइसमेत हुने बताउँछन् । टीकापुर नगरको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले स्थानीय तहका कर्मचारी नै निर्वाचनमा खटिएकाले टीकापुरमा कार्यरत कर्मचारी महिलाको सङ्ख्या धेरै भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महिला कर्मचारीको सङ्ख्या बढेपछि यसपटक निर्वाचनमा समेत महिलाले जिम्मेवारी पाएका हुन् ।”

उहाँका अनुसार पुरुष मतदान अधिकृत रहेका ठाउँमा महिला कर्मचारी धेरै खट्नुभएकाले यसले महिलालाई सिक्ने अवसर र जिम्मेवारी पूरा गर्न सक्षम छन् भन्ने देखाउँछ । टीकापुर नगरमा ५२ हजार ८७२ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com