ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्ला, दोलखा र बारामा झडप, ४ जना घाइते


एबीसी / संवाददाता

काठमाडौँ, ३० बैशाख । हुम्लामा मतदानका क्रममा झडप हुँदा निर्वाचन अधिकृत नै घाइते भएका छन् ।
चंखेली गाउँपालिकास्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन र स्वतन्त्र उम्मदेवार पक्षधरबीच झडप भएको हो । झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र निर्वाचन कार्यालयका सहयोगी र एक जना स्थानीय महिला घाइते भएका छन् । झडपपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको छ ।

पालिकाको वडा नम्बर १, २ र ३ का मतदान स्थलमा मतदान सुरू भएलगत्तै दुई पक्षबीच झडपको अवस्था आएपछि मतदान रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी गंगाप्रसाद पौडेलले जानकारी दिनुभएको छ । मतदान सुरु भएलगत्तै बुथ कब्जाको कोशिस भएपछि झडप भएको हो ।

मतदाताको बाटो नै अवरुद्ध गरेका कांग्रेस-एमाले कार्यकर्ताले मतदान केन्द्रमा ढुंगामुढा समेत गरेका छन् । वडा नंबर १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन् । मतदान सुचारु गराउन सर्वदलीय बैठक राख्ने कोशिस भईरहेको बुझिएको छ । उता, बाराको देवताल गाउँपालिकाको वडा नम्बर ७ मतदान केन्द्रमा मतदानका क्रममा झडप भएको छ । झडपका क्रममा एक जनाको टाउको फुटेको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com