ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीर्ष नेताहरुले विहानै मतदान गरे, प्रचण्डले चितवन, विष्णु पौडेलले रुपन्देही, सभामुखले सिन्धुपाल्चोकबाट मतदान


एबीसी / संवाददाता

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन् । शुक्रबार मतदान सुरु भएको केहिछिनमा नै भरतपुर महानगरपालिका १४ बाट उनले मतदान गरेका हुन् ।

भरतपुरस्थित शान्तिपुरको नेपाल प्रहरी स्कुल केन्द्रमा उनले मतदान गरेका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष्ँविष्णु पौडेलले रपन्देहीको तिलोत्तमा मतदान केन्द्रबाट विहानै मतदान गरेका छन् । सभामुख अग्नि सापकोटोले सिन्धुपाल्चोकबाट मतदान गरे भने गृहमन्त्री बाल कृष्ण खाणले बुटवल उपमहानगरपालिकामा मतदान गरेका छन् । विहानै अर्थमन्त्री जनार्दन शर्माले रुकुम र उर्जा मन्त्री पम्फा भूसालले ललितपुरबाट मतदान गरेकी छन् ।


यससैगरी काठमाडौ महानगरपालिकाका मेयरका उमेद्वार केशव स्थापित र सिर्जना सिंहले समेत विहानै काठमाडौबाट मतदान गरेका छन् ।
माओवादी नेता दीनानाथ शर्मा र शिक्षामन्त्री देवेन्द्र पौडेलले बागलुंग नगरपालिका वडा नं१२ अमलाचौरको पृथ्वी माविमा पहिलो मतदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार मतदान गरेका छन् ।

उनले बिहान ७ बजे व्यास नगरपालिका (२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र ुखु मा मतदान गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले गृहजिल्ला रोल्पाको नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आफ्नो दलका तर्फबाट सबै प्रकारको सहयोग गर्न तयार रहेको पुनले प्रतिवद्धता जनाएका छन् ।


संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । यो निर्वाचन नेपालको इतिहासमा नै पहिलोपटक एकैपटक देशभर हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com