ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका पाँच मुख्य शहरमा सेनाको हेलिकप्टरसहितको जगेडा फौज परिचालन


एबीसी / संवाददाता

काठमाडौँ, २९ बैशाख । नेपाली सेनाले काठमाडौं र इटहरी सहित देशका पाँच मूख्य स्थानमा हेलिकप्टरसहितको जगेडा फौज परिचालन गरेको छ । स्थानीय तह निर्वाचन सफल बनाउन सेनाले काठमाडौं, इटहरी, बर्दिवास, पोखरा र सुर्खेतलाई केन्द्र बनाएर हेलिकप्टरसहितको जगेडा फौज परिचालन गरेको सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो ।

आवश्यकता अनुसार हेलिकप्टरबाट गस्ती गर्ने, सुरक्षा अपुग भएका स्थानमा थप सुरक्षा फौज ओसारपसार गर्ने पनि उहाँले बताउनुभयो । नेपाली सेनाले प्रदेश १ का ताप्लेजुङ, खोटाङ, भोजपुर, पाँचथर, इलाम, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा पनि निर्वाचनमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै सेनाको हेलिकप्टर परिचालन गरिएको प्रवक्ता सिलवालले जानकारी दिनुभयो । निर्वाचनको सम्पूर्ण सुरक्षाका लागि सेनाको हेलिकप्टर पूर्वी पृतना इटहरी ब्यारेकमा तैनाथ गरिएको छ । जुनसुकै मतदानस्थलमा निर्वाचन विरोधी गतिविधि भए सेनाको हेलिकप्टरले थप शान्ति सुरक्षाको व्यवस्था गर्ने उहाँको भनाइ छ । देशभरका अति संवेदनशील मतदान केन्द्रहरूमा सेनाको हेलिकप्टर मार्फत हवाइ गस्ती समेत गरिने सिलवालले बताउनुभयो ।

काठमाडौं बाहेकका स्थानमा ६ सिटे सेनाको हेलिकप्टर बन्दोबस्तीका सामग्री सहित तयारी अवस्थामा राखिएको छ । आवश्यक परेकोे खण्डमा सैनिक मुख्यालयमा रहेका हेलिकप्टरले थप सुरक्षा प्रदान गर्ने प्रवक्ता सिलुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com