ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदाता शिक्षाको अभावमा मत बदर हुने सम्भावना बढ्दो


एबीसी / संवाददाता

काठमाडौँ, २९ बैशाख । मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा खस्ने भोट बदरको संख्या बढ्ने देखिएको छ । पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा हिडेका उम्मेदवारहरुले मत कसरी खसाल्ने भन्ने विषयमा मतदातालाई बुझाएका छैनन्। आफ्नो उम्मेद्वारलाई मत माग्दै हिडेका नेता कार्यकर्ताले मतदाता शिक्षालाई प्राथमिकता नदिंदा बदर हुने मतको संख्या उच्च हुने हो कि भन्ने चिन्ता बढेको छ ।

पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा हिँडेका राजनीतिक दल र उम्मेदवारहरुले मतदाता शिक्षातर्फ ध्यान नदिंदा भोट बदरको सम्भावना बढ्ने देखिएको छ । हरेक मतदाताको घरमा पुग्नु पर्ने भएकाले समय अभावमा उनीहरुले आफ्नो चुनाव चिन्ह अंकित मतपत्र मात्र बाँडेर मतदातासँग भोट मागे। कुन अवस्थामा आफूले दिएको मत बदर हुन्छ भन्ने विषयमा मतदातालाई सजग गराउन उनीहरुलाई फुर्सद नै भएन । भोट पाउने आशामा घरदैलोमा दगुरेका उम्मेदवारलाई आफैंले पाएको मत पनि बदर हुन सक्छ भन्नेमा हेक्का राख्न भ्याएनन् । उनीहरुको प्राथमिकतामा मतदाता शिक्षा नपर्दा कसरी भोट हाल्ने, मतपत्र कसरी पढ्ने लगायतका विषयमा जानकारी नभएको मतदाताको गुनासो छ । स्थानीय तह निर्वाचन भएकाले राजनीतिक दल भन्दा पनि व्यक्ति हेरेर मत दिने मतदाताको संख्या धेरै देखिएको छ । मतपत्रमा भएका लहर र चिन्ह बढी भएकाले मतदाताले विभिन्न चिन्हमा मत हाल्न सक्छन् । एउटै वडामा धेरै उम्मेदवार छन् । मतदातालाई सबै उम्मेदवार आफ्नै जस्तो लागेको छ । त्यसैगरी केही राजनीतिक दलले गठबन्धन गरेर चुनवी प्रतिस्पर्धा गर्दा मत दिने मतदाता झन अलमलमा परेका छन् । घरदैलो अभियानमा आएका प्रत्यासीले आफूलाई भोट मागेर मात्र जाने तर कसरी खसाल्ने भन्ने विषयमा जानकारी नदिँदा अलमलिने सम्भावना बढेको मतदाताको भनाइ छ ।

विगतका निर्वाचनमा मतदातालाई जानकारी गराउन मतदाता शिक्षा सम्बन्धी घरदैलो कार्यक्रमसमेत सञ्चालन भएका थिए। त्यति गर्दा पनि मतदान सम्बन्धमा त्रुटी हुँदा धेरैको मत बदर भएको थियो । निर्वाचन आयोगले पनि विगतका निर्वाचनमा मतदाता शिक्षालाई जोड दिएर कार्यक्रम सञ्चालन गर्ने गरेको थियो । तर अहिले त्यस्ता कार्यक्रम सञ्चालन गरेको छैन । मतदान स्थलमा मात्र मतदाता शिक्षा सञ्चालन गर्ने आयोगले जनाएको छ । एकातिर मतदाता शिक्षाको अभावका कारण मतदान गर्न नजान्नेको संख्या बढ्न सक्छ भने अर्कोतिर भोट दिएर नै के हुन्छ भन्ने सोच पनि मतदातामा छ । जसका कारण मतदाता नामावलीमा नाम हुँदाहुँदै मतदान नगर्दा मतदाताको सहभागीतामा कमी आउने देखिन्छ।

मतदातालाई उम्मेद्वारले आस्वस्त पार्न नसक्दा उनीहरुमा देखिएको नैरस्यताले पनि मतदाता शिक्षाको आवश्यकता खड्किएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com