ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदाता शिक्षाको अभावमा मत बदर हुने सम्भावना बढ्दो


एबीसी / संवाददाता
बैशाख २९, २०७९ बिहीबार   १ : ५१   बजे

काठमाडौँ, २९ बैशाख । मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा खस्ने भोट बदरको संख्या बढ्ने देखिएको छ । पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा हिडेका उम्मेदवारहरुले मत कसरी खसाल्ने भन्ने विषयमा मतदातालाई बुझाएका छैनन्। आफ्नो उम्मेद्वारलाई मत माग्दै हिडेका नेता कार्यकर्ताले मतदाता शिक्षालाई प्राथमिकता नदिंदा बदर हुने मतको संख्या उच्च हुने हो कि भन्ने चिन्ता बढेको छ ।

पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा हिँडेका राजनीतिक दल र उम्मेदवारहरुले मतदाता शिक्षातर्फ ध्यान नदिंदा भोट बदरको सम्भावना बढ्ने देखिएको छ । हरेक मतदाताको घरमा पुग्नु पर्ने भएकाले समय अभावमा उनीहरुले आफ्नो चुनाव चिन्ह अंकित मतपत्र मात्र बाँडेर मतदातासँग भोट मागे। कुन अवस्थामा आफूले दिएको मत बदर हुन्छ भन्ने विषयमा मतदातालाई सजग गराउन उनीहरुलाई फुर्सद नै भएन । भोट पाउने आशामा घरदैलोमा दगुरेका उम्मेदवारलाई आफैंले पाएको मत पनि बदर हुन सक्छ भन्नेमा हेक्का राख्न भ्याएनन् । उनीहरुको प्राथमिकतामा मतदाता शिक्षा नपर्दा कसरी भोट हाल्ने, मतपत्र कसरी पढ्ने लगायतका विषयमा जानकारी नभएको मतदाताको गुनासो छ । स्थानीय तह निर्वाचन भएकाले राजनीतिक दल भन्दा पनि व्यक्ति हेरेर मत दिने मतदाताको संख्या धेरै देखिएको छ । मतपत्रमा भएका लहर र चिन्ह बढी भएकाले मतदाताले विभिन्न चिन्हमा मत हाल्न सक्छन् । एउटै वडामा धेरै उम्मेदवार छन् । मतदातालाई सबै उम्मेदवार आफ्नै जस्तो लागेको छ । त्यसैगरी केही राजनीतिक दलले गठबन्धन गरेर चुनवी प्रतिस्पर्धा गर्दा मत दिने मतदाता झन अलमलमा परेका छन् । घरदैलो अभियानमा आएका प्रत्यासीले आफूलाई भोट मागेर मात्र जाने तर कसरी खसाल्ने भन्ने विषयमा जानकारी नदिँदा अलमलिने सम्भावना बढेको मतदाताको भनाइ छ ।

विगतका निर्वाचनमा मतदातालाई जानकारी गराउन मतदाता शिक्षा सम्बन्धी घरदैलो कार्यक्रमसमेत सञ्चालन भएका थिए। त्यति गर्दा पनि मतदान सम्बन्धमा त्रुटी हुँदा धेरैको मत बदर भएको थियो । निर्वाचन आयोगले पनि विगतका निर्वाचनमा मतदाता शिक्षालाई जोड दिएर कार्यक्रम सञ्चालन गर्ने गरेको थियो । तर अहिले त्यस्ता कार्यक्रम सञ्चालन गरेको छैन । मतदान स्थलमा मात्र मतदाता शिक्षा सञ्चालन गर्ने आयोगले जनाएको छ । एकातिर मतदाता शिक्षाको अभावका कारण मतदान गर्न नजान्नेको संख्या बढ्न सक्छ भने अर्कोतिर भोट दिएर नै के हुन्छ भन्ने सोच पनि मतदातामा छ । जसका कारण मतदाता नामावलीमा नाम हुँदाहुँदै मतदान नगर्दा मतदाताको सहभागीतामा कमी आउने देखिन्छ।

मतदातालाई उम्मेद्वारले आस्वस्त पार्न नसक्दा उनीहरुमा देखिएको नैरस्यताले पनि मतदाता शिक्षाको आवश्यकता खड्किएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता होः राष्ट्रपति

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group