ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश राजधानी डडेल्धुरामा ल्याउने प्रधानमन्त्रीको उद्घोष


एबीसी / संवाददाता
बैशाख २७, २०७९ मंगलबार  ४ : ३६ बजे

काठमाडौँ, २७ बैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी डडेल्धुरा सार्ने उद्घोष गर्नुभएको छ । मंगलबार डडेल्धुरामा आयोजित चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री देउवाले डडेल्धुरामा प्रदेशको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

‘स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनुस्, डडेल्धुरामा पूर्वाधार बनाउनुस्,’ उहाँले भन्नुभयो, ‘सुदूरपश्चिमको प्रदेश राजधानी पहाडको केन्द्र डडेल्धुरामा ल्याउने जिम्मेवारी मेरो भयो ।’ प्रधानमन्त्री देउवाले बुद्ध पूर्णिमाका दिन लुम्बिनी आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिम सेतीको सम्झौता र पञ्चेश्वरको प्रक्रिया अगाडी बढाउने पनि बताउनुभयो । देउवाले आफूले बोलेका बाचाहरू पुरा हुँदै गएको र जनताका मागलाई बजेटमार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो नेतृत्वमा सरकार गठन भएको नौ महिना मात्र भएको स्मरण गराउँदै उहाँले डडेल्धुरामा विमानस्थल, बसपार्क, राजमार्ग सुधार, ग्रामीण सडकहरू कालोपत्रे गर्नेदेखि मेडिकल कलेज बनाउन आफू लागि पर्ने बताउनुभयो ।

२०७४ निर्वाचनपछि पहिलो पटक औपचारिक कार्यक्रममा आएका प्रधानमन्त्री देउवाले देशको राजनीति, सत्ता गठबन्धन र चुनावी गठबन्धनका बारेमा बोल्नुभएन । मौन अवधिको अघिल्लो दिन सम्पन्न चुनावी आमसभा कार्यक्रममा पूर्वमन्त्री बीरबहादुर बलायरले केहीले कांग्रेस छाड्दैमा फरक नपर्ने बताउँदै ८८ वटै स्थानीय तहमा कांग्रेस जित्ने दाबी गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदश्य तथा पूर्व नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले दुई महिनाभित्रै पश्चिम सेतीको प्रक्रिया अघि बढाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

बालेनले बनाए सचिवालय टिम : पुराना विश्वासपात्र र अनुभवी प्रशासकलाई समेटे

एमाले कार्यकर्ता र प्रहरीबीच झडप, ९ जना नियन्त्रणमा

सम्पत्ति छानबिनको विषय मैले नै उठाएको हो : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com