ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकदिवसीय क्रिकेट सिरिज नेपाललाई


एबीसी / संवाददाता
बैशाख २६, २०७९ सोमबार   ७ : १८   बजे

काठमाडौँ, २६ बैशाख । जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । नेपालले उक्त सिरिज २-१ ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपालले जिम्बावे ‘ए’ टोलीलाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो । तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ तीन विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले ९ विकेटले जीत हासिल गरेको थियो ।

आजको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । जिम्बावेले ब्याटिङ गर्दै सवै विकेट गुमाएर नेपाललाई २१४ रनको लक्ष्य दिएको थियो । नेपालले ३० दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्‍याे । नेपालको जीतमा कुशल भुर्तेलले सर्वाधिक ८४ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले अविजित ६०, आसिफ शेखले २९ तथा विनोद भण्डारीले २८ रन बनाए । बलिङतर्फ जिम्बावेका ब्रान्डन माभुताले तीन र ब्राड इभान्सले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले ३२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो । जिम्बावेका लागि टाडिवानाशे मारुमानीले सर्वाधिक ५० रनको योगदान दिए । यस्तै कुड्जाई मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, सेफासले १६, इनोसेन्ट कियाले १२ तथा लुक जोग्वीले १९ रन बनाए ।

बलिङतर्फ नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिए । सोमपाल कामीले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए । यसअघि नेपाल र जिम्बावे ‘ए’बीच तीन टी-ट्वान्टी सिरिज सम्पन्न भएको थियो । उक्त सिरिजमा दुवैले १-१ को बराबरी खेलेका थिए । एउटा खेल वर्षाका कारण रद्द भएको थियो । आइसिसी क्रिकेट लिग दुईअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि नपालले जिम्बावे ‘ए’सँग खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group