ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले चुनाव जित्यो भने फेरि संसद भंग हुन्छ : सभापति देउवा


एबीसी / संवाददाता
बैशाख २६, २०७९ सोमबार  ५ : ३३ बजे

काठमाडौँ, २६ बैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले चुनाव जित्यो भने केपी शर्मा ओलीले फेरि पनि संसद, प्रदेश सभार स्थानिय तहमाथि आक्रमण गर्ने दाबी गर्नुभएको छ ।

कांग्रेसका सभापति देउवाले ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधि सभा विघटन गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले एमालेले जित्यो भने संसद, प्रदेश र स्थानीय तह नै भंग गर्न सक्ने बताउनुभयो । सोमबार सत्ता गठबन्धनले धनगढीमा गरेको चुनावी सभामा बोल्दै देउवाले ओलीले दुई पटक संसद भंग गरेपनि हामीले अदालतबाट फिर्ता ल्यायौं तरपनि एमालेले चल्न नदिएको गुनासो गर्नुभयो । एमालेमा ओलीले सबैलाई थर्काएर राखेको बताउदै उहाले एमालेले जितेको खण्डमा संसद, प्रदेश, स्थानीय तह भंग गर्न बताउनुभयो ।

प्रधानमन्त्री देउवाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नु भएको छ । देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने दाबी गर्दै देउवाले गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गर्नुभएको हो ।
अहिलेको सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी रहेको बताउदै देउवाले यसका लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई कुनै पनि हालतमा सहयोग नगरिने बताउँदै फिर्ता नलिएको खण्डमा कारवाही गरिने समेत बताउनुभयो । उहाँले धनगढी आफ्ना लागि महत्वपूर्ण भएको बताउँदै सुदूरपश्चिम बासीले नै आफूलाई प्रधानमन्त्री बनाएकाले गठबन्धनले चुनाव जितेमा यहाँ लागि प्राथमिकता दिएर काम गर्ने बताउनुभयो । त्यस्तै उहाँले विकास निर्माणका काम र बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई प्राथमिकतामा राखिने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

चुनाव दुई चरणमा नगरियोस् : प्रचण्ड

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com