ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतद्धारा अतिक्रमित सुस्ताका २ केन्द्रमा ५ सयभन्दा कम मतदाता


एबीसी / संवाददाता

काठमाडौँ, २४ बैशाख । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका २ मतदान केन्द्रमा ५ सयभन्दा कम मतदाता रहेका छन् । कम मतदाता रहेका केन्द्रमा सुस्ता-५ वनकट्टीस्थित पुष्पलाल आधारभूत विद्यालय छ । त्यहाँ २ सय ५७ मतदाता रहेको निर्वाचन अधिकृत खिमानन्द ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै कम मतदाता रहेको अर्को केन्द्रमा सोही वडाको जनता दलित आधारभूत विद्यालय छ । त्यहाँ ३ सय ३० मतदाता छन् । डुंगाबाट नारायणी नदी पार गरेर जानुपर्ने यो केन्द्रमा भारतीय पक्षले पटक-पटक अतिक्रमण गर्ने गरेको क्षेत्र हो । सुस्ता गाउँपालिकामा कुल २३ हजार ९ सय ५९ मतदाता छन् । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह छन् ।  कुल २ सय ८३ मतदान केन्द्र र १ सय २१ मतदान स्थल रहेको जिल्लामा निर्वाचन सम्पन्न गराउनका लागि १४ सय १३ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रुद्र प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

१ केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी र १ जना सहयोगी रहने छन् । ५ सयभन्दा कम मतदाता भएको केन्द्रमा ४ जना कर्मचारी रहने छन् । खटाइएका कर्मचारीहरू बैशाख २८ गतेसम्म सम्बन्धित केन्द्रमा निर्वाचन सामाग्री लिएर पुगिसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com