ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलितलाई प्रमुख पद दिन राजनीतिक दलले गरे कन्जुस्याँई


एबीसी / संवाददाता

काठमाडौँ, २४ बैशाख । राजनीतिक दलले दलितलाई प्रमुख पद दिन कन्जुस्याँई गरेका छन ।
ठूलो पदमा जाने इच्छा हुँदाहुँदै पनि राजनीतिक दलले सानो पदमै सीमित गर्ने गरेको दलित उम्मेदवारहरुले गुनासो गरेका हुन् । दलित समुदायबाट गाउँपालिका र नगरपालिकाको प्रमुख-उपप्रमुखमा उम्मेदवार बनाउन ठूला दलले आनाकानी गरिरहेको समयमा पश्चिम नवलपरासीका केही साना दलले भने उदारता देखाएका छन। पश्चिम नवलपरासीमा कानूनले अनिवार्य गरेको आरक्षण कोटाबाहेक अन्य पदमा पनि साना दलहरुले दलित समुदायबाट उम्मेदवार बनाएका हुन् ।

पश्चिम नवलपरासीमा सात स्थानीय तह छन। दलितबाट प्रमुख-उपप्रमुखमा उम्मेदवारी दिएका पाँच पालिकामा नेकपा एमाले र माओवादी केन्द्रका एक-एक जनासहित साना दल र स्वतन्त्रबाट कुल ११ जनाको उम्मेदवारी परेको छ । कांग्रेसले उम्मेदवार उठाउन कन्जुस्याँई गरेको छ । दुई पालिकाको प्रमुख-उपप्रमुखमा उम्मेदवारी नै परेको छैन । उम्मेदवारी दिएकामध्ये सात जना महिला छन । जसमा एक जना मात्र महिला प्रमुख छन । अरु उपप्रमुखमा छन । दलितलाई उपल्लो पददिन नमान्नेमा जातीय कारणसँगै आर्थिक अवस्था पनि रहेको साना पदमा उठेका दलित उम्मेदवारको बुझाई छ । निर्वाचनबाट जिल्लाभर कुल ३ सय ८४ जनप्रतिनिधिहरु चुनिने छन। ७४ वडा रहेको जिल्लामा अनिवार्य गरिएका हरेक वडाबाट एक-एक जना दलित महिला सदस्य चुनिने छन । त्यसका लागि कुल ३ सय ७६ जनाको उम्मेदवारी परेको छ ।

ठूला दलमध्ये माओवादी केन्द्रले सुस्ता गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवार उठाएको छ भने एमालेले सरावल गाउँपालिकामा उपप्रमुख उठाएको छ । कांग्रेसले कुनै पनि स्थानीय तहमा दलित उम्मेदवार उठाएको छैन । ठूलो पदमा जाने इच्छा हुँदाहुँदै पनि राजनीतिक दलले सानो पदमै सीमित गर्ने गरेको दलित उम्मेदवारहरुको गुनासो छ । दलित समुदायबाट अन्य स्थानीय तहको प्रमुख-उपप्रमुखमा उम्मेदवार उठाउनेमा नेकपा एस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, बहुजन शक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन पार्टी, जनता प्रगतिशिल पार्टी छन । एक प्रमुखपदमा स्वतन्त्रबाट उमेदवारी परेको छ । बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाबाट दलित समुदायबाट उम्मेदवारी परेको छैन ।

पैसाकै कारण चुनाव जित्न सकिन्छ भन्ने सोचेका कारण पनि दलित समुदायहरु पढेलेखेका भएपनि उनीहरुलाईपछि पारिएको पूर्वशिक्षिका गोमती परियारको बुझाई छ । त्यसैका कारण आफू उपप्रमुखको आकांक्षी रहेपनिपछि पारिएको उहाँको गुनासो छ । जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्रगरि कुल २१ सय ९ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com