ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदाता शिक्षामा हेलचेक्र्याँइ : गठबन्धनले मतदातालाई अन्योल, आयोग सामाजिक सञ्जालमै मख्ख


एबीसी / संवाददाता
बैशाख २२, २०७९ बिहीबार  ७ : ५१ बजे

काठमाडौँ, २२ बैशाख । स्थानीय तहको चुनाव आउन एक हप्ता मात्र बाँकी छ । उम्मेदवारहरू घरदैलो अभियानमा तीव्रताका साथ जुटिरहेका छन् । लाखौं नयाँ मतदाता थपिएका छन् । तर, उनीहरूलाई मत कसरी दिने भनेर सिकाउने तर्फ कसैको ध्यान गएको छैन । स्वयं निर्वाचन आयोग नै विभिन्न कारण देखाएर पन्छिएपछि यसअघिको चुनावमा भन्दा धेरै मत बदर हुने सम्भावना प्रबल देखिएको छ ।

आसन्न स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता शिक्षाका लागि घरदैलो अभियान गरेको छैन । मतदाता शिक्षामा खर्च घटाएको आयोगले यो पटक सञ्चारमाध्यम र प्रविधिको प्रयोगमा जोड दिएको छ । प्रविधिलाई प्राथमिकता दिएको आयोग रेडियो, टेलिभिजन तथा अनलाइनमार्फत श्रव्य दृश्य सामाग्री प्रशारण र सामाजिक सञ्जाल प्रयोग गरी मतदाता शिक्षा दिएको त दाबी गर्छ । तर, त्यसको प्रभावकारितामा प्रश्न उठेको छ । विगतमा भएका मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान असफल भएपछि नयाँ शैली अपनाइएको आयोगको भनाइ छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार घरदैलो अभियानको बारेमा प्रश्न उठेपछि त्यसलाई परिमार्जन गरिएको हो । तर, कतियप मतदातामा भने मतदान कसरी गर्ने भन्ने विषयमा अन्योल छ । पार्टीलाई भोट दिनुस् भन्ने मान्छेहरू आए पनि मतदान कसरी गर्नुपर्छ भनेर सिकाउनेहरू नआएको उहाँको भनाइ छ । यसपटकको निर्वाचनमा राजनीतिक दलहरू अधिकांश स्थानीय तहमा गठबन्धन गरेका छन् । कतै कांग्रेसले माओवादी केन्द्र त कतै एकीकृत समाजवादीसँग चुनावी एकता गरेका छन् । कतै एमालेको राप्रपासँग त कतै काँग्रेस र एमाले नै गठबनधन गरेर चुनावमा होमिएका छन् ।

गठबन्धनका कारण पनि यसपटक मतदानको समयमा मतदाता झुक्किन सक्ने र मत बदर हुने जोखिम बढेको छ । आयोगले दलहरूलाई आफ्नो पार्टीको चुनाव चिन्हका बारेमा मतदाताहरूलाई बेलैमा जानकारी गराउन समेत आग्रह गरेको छ । स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र २ जना सदस्य गरी ७ जनालाई मत दिनुपर्ने हुन्छ । एउटै पार्टीको व्यक्तिलाई मतदान गर्दा समस्या नपर्ने भए पनि गठबन्धनमा रहेकालाई मतदान गर्दा चुनाव चिन्ह तलमाथि हुने भएकोले धेरै मत बदर हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ स् आयोग

स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

सम्बन्धित

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com