ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेह्रथुममा चुनावी रन्को : ७२ हजार मतदाता,आफैँले जित्ने सबै दलको दाबी


एबीसी / संवाददाता
बैशाख २२, २०७९ बिहीबार   ७ : १०   बजे

काठमाडौँ, २२ बैशाख । स्थानीय तह निर्वाचन नजिकिएसँगै जिल्लामा चुनावी रौनकले रंगिएको छ । राजनीतिक दलहरूका फरक-फरक झण्डा र चुनावी गीतले यहाँको माहोल रंगीन लाग्छ । निर्वाचनका लागि केही दिन मात्र बाँकी छँदा उम्मेदवारहरूले चुनावी कार्यक्रमलाई तीव्र पारेका छन् ।

जिल्लाको ६ वटै पालिका र ४३ वटै वडाहरूमा दलहरूले आकर्षक चुनावी नारा लिएर घरदैलो कार्यक्रमलाई तीव्रता दिँदा मतदाता पनि उम्मेदवार र उनका एजेण्डा परख्दै छन् । तेह्रथुममा गठबन्धन र एमालेबीच कडा प्रतिप्रर्धा हुने देखिएको छ । यद्यपि गठबन्धनका कारण एमालेको संकट भने बढेको छ ।२०७४ को स्थानीय निर्वाचनमा एमालेले बढी सिटमा आफ्ना उपस्थिति देखाए पनि यसपटक भने एमालेले सोचेजस्तो जित ल्याउन कठिन हुने देखिएको छ । एमालेका पालिका अध्यक्षमध्ये आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बु एकीकृत समाजवादीमा हुनुहुन्छ । म्याङलुङ नगरपालिका उप-प्रमुख पार्वती सानु डाँगी एमालेबाट टिकट नपाएपछि एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

गठबन्धनले जित्ने आँकलन भइरहे पनि नेकपा (एमाले) भने त्यो मान्न तयार छैन । गत निर्वाचनमा आफ्ना प्रतिनिधिहरूले राम्रा काम गरेका जिल्लामा पुनः एमालेकै झण्डा लहरिने एमाले तेह्रथुमका अध्यक्ष तेजमान कन्दङवा बताउनुहुन्छ । जिल्लाको छथर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले गठबन्धनको तर्फबाट साझा उम्मेदवार उठाउँदा नेपाली कांग्रेसबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।आठराई र फेदाप गाउँपालिकाको अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिँदा माओवादीले उपाध्यक्षमा चित्त बुझाएको छ । म्याङलुङ नगरपालिका प्रमुखमा पनि कांग्रेसले उम्मेदवार उठाउँदा र उपप्रमुखमा भने नेकपा (एकीकृत समाजवादी) चुनावी मैदानमा छन् । उता, लालीगुराँस नगरपालिकाको प्रमुख, उपप्रमुख र मेन्छ्यायेम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस एकल चुवानी मैदानमा छ ।

पार्टीको सम्पूर्ण संगठन परिचालन भएकाले जित गठबन्धन र कांग्रेसकै हुने जिल्ला सभापति अर्जुन तुम्बाहाम्फेको दाबी छ । दलहरू जित आफ्नो पक्षमा पार्न आ-आफ्ना घोषणा पत्र सार्वजानिक गर्दै जनताको हात हातमा थमाइरहेका छन् । पालिका तथा वडाहरूमा पाँच दलमा नरहेका अन्य दलहरूसँग पनि तालमेल गर्दै लोकतान्त्रिक-वाम गठबन्धन चुवानी मैदानमा छ । जनताको समृद्धी र सुखका लागि गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको नेकपा (माओवादी केन्द्र), तेह्रथुमका संयोजक ईन्द्र इक्सङ बताउनुहुन्छ । ५७ मतदान स्थल र ९५ मतदान केन्द्र रहने जिल्लामा ३६ हजार ९७३ पुरुष र ३५ हजार ९२२ महिला गरी कुल ७२ हजार ८९५ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता होः राष्ट्रपति

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group