ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले नेतृत्वमा भएको गठबन्धन प्रतिगामी हो : रामचन्द्र पौडेल


एबीसी / संवाददाता

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताउनुभएको छ । कांग्रेस नेतृत्वमा भएको गठबन्धनलाई भने उहाँले परिवर्तनका पक्षधर शक्तिहरू बीचको पवित्र गठबन्धन भन्नुभएको छ ।

तनहुँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरूको परिचयात्मक कार्यक्रममा नेता पौडेलले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूका बीचमा गठबन्धन भएको दाबी गर्नुभयो । पौडेलले कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र कांग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो।

उहाँँले भन्नुभयो, ‘चुनावमा जाँदा जनतामा कन्फ्युजन हुने कुरा बोल्न हुँदैन् । विकास र राजनीतिलाई लिएर जान कांग्रेस चाहान्छ । गाउँको विकास र लोकतन्त्र जोगाउछौं । लोकतन्त्र संविधान जोगाउन गठबन्धन परेको हो । राजनीति स्यायी गरेर विकासको बाटो डोर्‍याउन गठबन्धन गरिएको हो ।’ उहाँले कांग्रेसले विदेश पलायन हुने अवस्था रोक्नका लागि गाउँमा आम्दानी गाउँमै रोजगारीको अभियान थाल्न लागेको बताउनुभयो । पौडेलले कांग्रेसले कम्युनिष्टहरूले जस्तो जनतालाई कहिल्यै नझुक्याएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चन्द्रागिरी केबलकारमा गम्भीर समस्या, यसरी भयो साढे ५ घण्टामा ६ सय जनाको उद्धार

काठमाडौं । काठमाडौंको सबैभन्दा नजिकै रहेको चन्द्रागिरी केबलकार चढेका सेवाग्राहीहरुको बुधबारको यात्रा सकसपूर्ण रह्यो । कतिपय केवलकारमै साढे ५ घण्टा बढी विताउनुपर्यो भने कतिपय चन्द्रागिरी

चन्द्रागिरि केबलकारमा फसेका ४ सय ३६ जनाकै उद्धार

काठमाडौं, २२ असार । काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा फसेका ४३६ जनाकै उद्धार भएको छ। बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। समस्या

चन्द्रागिरि केबलकारमा फसेका दुई सय जनाको उद्दार, अझै डेढ सय मानिसको उद्दार गर्न बाँकी

काठमाडौं, २२ असार । काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा डेढ सय जना स्थानीय पर्यटकहरू अझै फर्किन सकेका छैनन्। बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या

सम्बन्धित

चन्द्रागिरी केबलकारमा गम्भीर समस्या, यसरी भयो साढे ५ घण्टामा ६ सय जनाको उद्धार

चन्द्रागिरि केबलकारमा फसेका ४ सय ३६ जनाकै उद्धार

यौन दुर्व्यवहारका आरोपीलाई दिएको नियुक्तिले बोरिस जोन्सनको सत्ता संकटमा

चन्द्रागिरि केबलकारमा फसेका दुई सय जनाको उद्दार, अझै डेढ सय मानिसको उद्दार गर्न बाँकी

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस

अर्थमन्त्री शर्माले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com