ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुपाल्चोकमा उम्मेदवारी फिर्ता


एबीसी / संवाददाता
बैशाख १७, २०७९ शनिबार  १२ : १५ बजे

काठमाडौँ, १७ बैशाख । सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन। केही दलकै उम्मेदवारले समेत मनोनयन फिर्ता लिएका छन । मेलम्ची नगरपालिकामा भने नेपाली कांग्रेस र राप्रपाबीच तालमेल भएको छ । राप्रपाबाट प्रमुखका उम्मेदवार शेष बहादुर तामाङ र कांग्रेसबाट उपप्रमुखको उमेदवार सबिता गुरुङले मनोनयन फिर्ता लिएका हुन् ।

मेलम्चीमा नेपाली कांग्रेसबाट आइतमान तामाङ प्रमुख र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुमारी तामाङ उपप्रमुख हुने भएका छन। चौतारा साँगाचोकगढी नगरापालीकामा नेकपा माओवादी केन्द्रको बागी उम्मेदवारको रुपमा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका निवर्तमान मेयर अमानसीं तामाङले उम्मेदवारी फिर्ता लिनुभएको छ । उपमेयर पदमा बागी उम्मेदवारी दिएका नेकपा समाजवादीका जिल्ला नेता यज्ञ सापकोटाले पनि मनोनयन फिर्ता लिनुभएको छ ।

सुनकोसी गाँउपालिकामा भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । सुनकोसीमा मात्रै १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन । यता पश्चिम नवलपरासीमा नेपाली कांग्रेस र एमालेका बागी उम्मेदवारसहित ३० जनाले उम्मेदवारी फिर्ता लिएका छन । ६ जनाको उम्मेदवारी रद्द भएको छ । रद्द हुनेमा बन्दसूचीमा रहेका र मतदाता नामावलीमा नाम नभएका छन । त्यस्तै १ जनाको पेश्की फर्छ्यौट नगरेकाले उम्मेदवारी रद्द भएको छ । ३ नगरपालिका र ४ गाउँपालिका सहित ७ स्थानीय तह रहेको जिल्लामा ७४ वडा छन ।

३ सय ८४ पदका लागि कुल २१ सय ९ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी रुद्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com