ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुपाल्चोकमा उम्मेदवारी फिर्ता


एबीसी / संवाददाता

काठमाडौँ, १७ बैशाख । सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन। केही दलकै उम्मेदवारले समेत मनोनयन फिर्ता लिएका छन । मेलम्ची नगरपालिकामा भने नेपाली कांग्रेस र राप्रपाबीच तालमेल भएको छ । राप्रपाबाट प्रमुखका उम्मेदवार शेष बहादुर तामाङ र कांग्रेसबाट उपप्रमुखको उमेदवार सबिता गुरुङले मनोनयन फिर्ता लिएका हुन् ।

मेलम्चीमा नेपाली कांग्रेसबाट आइतमान तामाङ प्रमुख र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुमारी तामाङ उपप्रमुख हुने भएका छन। चौतारा साँगाचोकगढी नगरापालीकामा नेकपा माओवादी केन्द्रको बागी उम्मेदवारको रुपमा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका निवर्तमान मेयर अमानसीं तामाङले उम्मेदवारी फिर्ता लिनुभएको छ । उपमेयर पदमा बागी उम्मेदवारी दिएका नेकपा समाजवादीका जिल्ला नेता यज्ञ सापकोटाले पनि मनोनयन फिर्ता लिनुभएको छ ।

सुनकोसी गाँउपालिकामा भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । सुनकोसीमा मात्रै १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन । यता पश्चिम नवलपरासीमा नेपाली कांग्रेस र एमालेका बागी उम्मेदवारसहित ३० जनाले उम्मेदवारी फिर्ता लिएका छन । ६ जनाको उम्मेदवारी रद्द भएको छ । रद्द हुनेमा बन्दसूचीमा रहेका र मतदाता नामावलीमा नाम नभएका छन । त्यस्तै १ जनाको पेश्की फर्छ्यौट नगरेकाले उम्मेदवारी रद्द भएको छ । ३ नगरपालिका र ४ गाउँपालिका सहित ७ स्थानीय तह रहेको जिल्लामा ७४ वडा छन ।

३ सय ८४ पदका लागि कुल २१ सय ९ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी रुद्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com