ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाइकर्मीसमेत सुन तस्करीमा


एबीसी / संवाददाता
बैशाख १६, २०७९ शुक्रबार  ५ : ५७ बजे

काठमाडौँ, १६ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुई जना सरसफाइकर्मीसहित पाँच जना कर्मचारी सुनको अवैध ओसारपसारको आरोपमा पक्राउ परेका छन् । उनीहरूमार्फत दुई किलो तीन सय ३२ ग्राम अवैध रूपमा ल्याइएको सुन भन्सार छलेर बाहिरिन लागेको थियो । त्यसको बजार मूल्य झन्डै दुई करोड रुपैयाँको हुन्छ । उनीहरू मतियारका रूपमा काम गरी विदेशबाट अवैध रूपमा ल्याइएको सुनलाई विमानस्थल कटाउने काममा सहभागी भएको पाइएको हो ।

घटनामा संलग्न रहेको आरोपमा दुई विमान सरसफाइकर्मी र एक सुपरभाइजरसहित पाँच जनालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा पाँचथरका भीमकुमार माबो, नुवाकोटका सुमन तामाङ, उदयपुरका राजेश राई, दोलखा घर भएका ट्याक्सी चालक हेमबहादुर थापा र सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रालीमार्फत विमानभित्र सरसफाइ गर्ने/गराउने भनी सुपरभाइजरका रूपमा खटिएका सप्तरीका ताराकान्त चौधरी रहेका छन् ।

सुन विदेशबाटै विमानको शौचालयमा राखेर पठाइएको थियो । त्यो सूचना यहाँका सरसफाइकर्मीमा प्राप्त भएपछि सेटिङ गरेर पास गर्न लागिएको थियो । भित्रबाट पास गर्न सरसफाइकर्मी परिचालन गरिएको र त्यहाँबाट बाहिर लैजानका लागि अरू व्यक्ति परिचालन भएका थिए । सुन ल्याउनमा को सक्रिय थिए र कसले पठाएको भनेर खुली नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसपछि उनीहरूले तामाङलाई बोलाएर फोहरसँगै रहेको सुन आ-आफ्नो खल्तीमा लुकाइ विमानस्थलबाट बाहिरिन लाग्दा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com