ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनभित्रका दलले अहङ्कार राख्नु हुँदैन,वस्तुनिष्ठ भएर चल्नुपर्छ : अध्यक्ष नेपाल


एबीसी / संवाददाता
बैशाख १६, २०७९ शुक्रबार   ५ : १५   बजे

काठमाडौँ, १६ बैशाख । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आबद्ध दलहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले गठबन्धनभित्रका दलले अहङ्कार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्ने बताउनुभयो । पालिका चुनावको उम्मेदवारीमा कतिपय ठाउँमा तल-माथि भएको सन्दर्भमा गठबन्धनभित्र समीक्षा हुने पनि अध्यक्ष नेपालले बताउनुभयो । उहाँले भन्नुभयो-‘उम्मेदवारीको बारेमा तल-माथि भएको होला कतिपय ठाउँमा । हाम्रा दुखेसाहरू होलान् । आलोचना पनि होलान् हाम्रा गठबन्धनका अन्य पार्टीहरूप्रति । त्यो आफ्नो ठाउँमा हामी विवेचना गरौँला । त्यस्तो गर्न हुँदैन पनि भनौँला ।’

अध्यक्ष नेपालले वैशाख ३० गते हुने पालिका चुनावका लागि मनोनयन दर्ताकै क्रममा आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताउनुभयो । उहाँले एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट दुई जना गाउँपालिका अध्यक्ष, एक जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाध्यक्ष र २६ जना सदस्य निर्विरोध निर्वाचित हुनुभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पालिका चुनावका लागि हाम्रो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् । कलम चिह्न बोक्नेसँग प्रतिस्पर्धा गर्न कसैले आँट गरेन ।’

अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीकै निरन्तरता भएकाले जनतामा परीक्षण भइसकेको पार्टी भएको बताउनुभयो । अध्यक्ष नेपालले पार्टीको सङ्गठनलाई टोल-टोलसम्म विस्तार गर्न पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group