ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनोनयन फिर्ता गराउन धम्की नदेउ : निर्वाचन आयोग


एबीसी / संवाददाता

काठमाडौँ, १६ बैशाख । निर्वाचन आयोगले उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाउने काम भएकोप्रति गम्भीर ध्यानार्षण भएको जनाएको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता हर्कत् नगर्न र नगराउन सरोकारवालाहरू सबैलाई आग्रह गरेको छ । पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई मनोनयन फिर्ता गर्न र नगरे कारबाही गर्ने चेतावनी दिएपछि आयोगले विज्ञप्ति निकालेर डर तथा धम्की नदिन भनेको हो । उम्मेदवारको नामावली प्रकाशित भएपछि आफूलाई उम्मेदवार फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने व्यवस्था रहेको समेत आयोगले विज्ञप्तिमा स्मरण गराएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सम्पूर्ण राजनीतिक दल, तिनका उम्मेदवारलाई संविधान र कानूनको पूर्णपरिपालना गर्न, गराउन र मनोनयन दर्ता गरिसकेका स्वतन्त्र उम्मेदवारहरूलाई आफ्नो मनोनयन फिर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा निजहरूको स्वविवेकीय अधिकारको सम्मान गर्न आग्रह गरिएको छ ।

नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली, २०७३, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानुनको प्रयोग र पालनामा इमान्दार हुन सबैलाई आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मुलुकको आर्थिक संकटको समाधान गर्न एमालेको ध्यानाकर्षण

काठमाडौँ, १८ चैत । नेकपा (एमाले)ले देशको वर्तमान आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आज पार्टी मुख्यालयमा

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौँ, १८ चैत्र । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको

राहदानी मुद्दामा सौदाबाजी गरेको छैन : रवी लामिछाने

काठमाडौँ, १८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानीको मुद्दामा आफूले सरकारी निकायसँग सौदाबाजी नगरेको बताएका छन् । पार्टीले शनिबार आयोजना गरेको

सम्बन्धित

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

प्रचण्ड, देउवा र ओली त पात्र हुन्, सत्ता अरुले नै चलाउँछ– पूर्वसभामुख कृष्ण बहादुर महरा

उपचुनावअघि सरकारमा जादैनौँ : रवि लामिछाने

एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

मिटरब्याज पीडितलाई प्रधानमन्त्रीको आश्वासनः न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन हुन्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...