ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागी फकाउँदै कांग्रेस,परिणाम सकारात्मक आउनेमा शंका


एबीसी / संवाददाता

काठमाडौँ, १४ बैशाख । सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा गठबन्धनको निर्णय विपरीत दलगत र स्वतन्त्र रूपमा परेका उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले ७ बुँदे निर्णय गर्दै बागी उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेको हो ।

सत्तारुढ पाँच दलीय गठबन्धनले गत चैतमा स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेका थिए । तालमेलको लागि केन्द्रदेखि स्थानीय तहसम्मै संयुक्त संयन्त्र बनाएको गठबन्धनले ६ वटा महानगर र ११ वटा उपमहानगरमा भने केन्द्रबाटै तालमेलको टुंगो लगाउने निर्णय गरेको थियो । तर, महानगर र उपमहानगरमै तालमेलको निर्णय तहसनहस भएपछि समस्यामा परेको गठबन्धनका शीर्ष नेताहरूले दलगत र बागी उम्मेदवारी फिर्ता लिने निर्णय गरेको हो ।

गठबन्धनका शीर्ष ५ नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वतन्त्र उम्मेदवारी जुन दलका कार्यकर्ताले दिएका छन्, सम्बन्धित दलले नै पहल गरेर फिर्ता लिने र स्वतन्त्र रूपमा परेका उम्मेदवारीसमेत फिर्ता गर्ने उल्लेख छ । यस्तै, नगरपालिका र गाउँपालिकाहरूमा गठबन्धनका दलहरूबीच भइसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रकै दलहरूबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने पनि उनीहरूले निर्णय गरेको छन् । यसका लागि सम्बन्धित दल र संयुक्त संयन्त्रले दलले आवश्यक कार्य गर्ने र उम्मेदवारी दर्ता भइसके पनि तालमेल नभएका ठाउँमा बुधबारै छलफल गरी समझदारी गर्न निर्देशन दिएको छ ।

शीर्ष नेताहरूले बागी उम्मेदवारी फिर्ता गर्न र असन्तुष्ट नेता तथा कार्यकर्तालाई फकाउने प्रयास सुरु गरेका छन् । कांग्रेस सभापति देउवाले वागी उम्मेदवारी फिर्ता गराउन विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँणलाई भरतपुरमा खटाउनुभएको छ ।
यस्तै, गठबन्धनले स्थानीयस्तरमा एमालेसँग भएका चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । गठबन्धनका सदस्य दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने केन्द्रको निर्णय विपरीत हुम्लाको चंखेली गाउँपालिका, प्युठानको झिमरुक, रोल्पाको माडी, सल्यानको कुमाख, भोजपुरको आमचोक गाउँपालिकामा पनि एमालेसँग तालमेल गरेर उम्मेदवारी दर्ता भएको छ ।

टिकट वितरणलाई लिएर गठबन्धनका दलहरूभित्र तीव्र असन्तुष्टि देखिएको छ । यो निर्णयले तालमेलको भावना विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता त होलान् तर दलका नेता र कार्यकर्तामा देखिएको असन्तुष्टिको छायाँ मतपरिणाममा नपर्ला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com