ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागी फकाउँदै कांग्रेस,परिणाम सकारात्मक आउनेमा शंका


एबीसी / संवाददाता
बैशाख १४, २०७९ बुधबार   ७ : ४५   बजे

काठमाडौँ, १४ बैशाख । सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा गठबन्धनको निर्णय विपरीत दलगत र स्वतन्त्र रूपमा परेका उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले ७ बुँदे निर्णय गर्दै बागी उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेको हो ।

सत्तारुढ पाँच दलीय गठबन्धनले गत चैतमा स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेका थिए । तालमेलको लागि केन्द्रदेखि स्थानीय तहसम्मै संयुक्त संयन्त्र बनाएको गठबन्धनले ६ वटा महानगर र ११ वटा उपमहानगरमा भने केन्द्रबाटै तालमेलको टुंगो लगाउने निर्णय गरेको थियो । तर, महानगर र उपमहानगरमै तालमेलको निर्णय तहसनहस भएपछि समस्यामा परेको गठबन्धनका शीर्ष नेताहरूले दलगत र बागी उम्मेदवारी फिर्ता लिने निर्णय गरेको हो ।

गठबन्धनका शीर्ष ५ नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वतन्त्र उम्मेदवारी जुन दलका कार्यकर्ताले दिएका छन्, सम्बन्धित दलले नै पहल गरेर फिर्ता लिने र स्वतन्त्र रूपमा परेका उम्मेदवारीसमेत फिर्ता गर्ने उल्लेख छ । यस्तै, नगरपालिका र गाउँपालिकाहरूमा गठबन्धनका दलहरूबीच भइसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रकै दलहरूबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने पनि उनीहरूले निर्णय गरेको छन् । यसका लागि सम्बन्धित दल र संयुक्त संयन्त्रले दलले आवश्यक कार्य गर्ने र उम्मेदवारी दर्ता भइसके पनि तालमेल नभएका ठाउँमा बुधबारै छलफल गरी समझदारी गर्न निर्देशन दिएको छ ।

शीर्ष नेताहरूले बागी उम्मेदवारी फिर्ता गर्न र असन्तुष्ट नेता तथा कार्यकर्तालाई फकाउने प्रयास सुरु गरेका छन् । कांग्रेस सभापति देउवाले वागी उम्मेदवारी फिर्ता गराउन विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँणलाई भरतपुरमा खटाउनुभएको छ ।
यस्तै, गठबन्धनले स्थानीयस्तरमा एमालेसँग भएका चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । गठबन्धनका सदस्य दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने केन्द्रको निर्णय विपरीत हुम्लाको चंखेली गाउँपालिका, प्युठानको झिमरुक, रोल्पाको माडी, सल्यानको कुमाख, भोजपुरको आमचोक गाउँपालिकामा पनि एमालेसँग तालमेल गरेर उम्मेदवारी दर्ता भएको छ ।

टिकट वितरणलाई लिएर गठबन्धनका दलहरूभित्र तीव्र असन्तुष्टि देखिएको छ । यो निर्णयले तालमेलको भावना विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता त होलान् तर दलका नेता र कार्यकर्तामा देखिएको असन्तुष्टिको छायाँ मतपरिणाममा नपर्ला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group