ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिम्बाब्वे ए सँग हुने शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीले अभ्यास थाल्यो


एबीसी / संवाददाता
बैशाख १४, २०७९ बुधबार  ४ : ४७ बजे

काठमाडौँ, १४ बैशाख । आउँदो शनिवारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्वेको ए टोलीसँग हुने तीन एकदिवसीय र तीन टी-२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधवारदेखि प्रशिक्षण थालेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बाब्वेसँग हुने एकदिवसीय र टी-२० शृङ्खलाका लागि बोलाएका २३ खेलाडीलाई समावेश गर्दै आजदेखि प्रशिक्षण थालेको हो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टोलीले पहिलो दिन आज ब्याटिङ पक्षलाई ध्यान दिँदै प्रशिक्षण गरेको थियो । यसअघि हिजो मङ्गलवार टोलीले त्रिपुरेश्वरको दशरथ रङ्गशालामा फिटनेसको अभ्यास गरेको थियो ।

त्रिवि मैदानमा आयोजना हुने शृङ्खलाका लागि क्यानले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो । यो टोलीमा बसिर अहमदले पहिलो खेल खेल्दै गर्दा सुनिल धमला लामो समयपछि टोलीमा फर्किएका छन् । यही टोलीबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ ।

शृङ्खला वैशाख १७ गतेदेखि सुरु हुँदैछ । १० दिन चल्ने शृङ्खलामा जिम्बाब्वेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com