ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलको निर्णय सबैले मान्नुपर्छ, नटेर्नेहरू पछि अप्ठेरोमा पर्ने चेतावनी : गगन थापा


एबीसी / संवाददाता
बैशाख १४, २०७९ बुधबार   ४ : ३६   बजे

काठमाडौँ, १४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी गठबन्धनबारे पार्टीको निर्णय सबैले मान्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको सम्पर्क समन्वय समितिले आज बुधवार काठमाण्डौमा गरेको कार्यक्रममा महामन्त्री थापाले गठबन्धनका दलहरूबीच चुनावी तालमेलका विषयमा पार्टीभित्र केही बहस र विवाद रहे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताउनुभयो ।

‘यो पटक विशेष अवस्था बनेको छ । केही समयअघि कांग्रेसले गठबन्धन गरेर सरकार बनायो, गठबन्धनमा रहेका दलको बीचमा कैयौँ ठाउँमा चुनावी तालमेल भएका छन् । यो ठिक हो कि होइन भनेर पार्टीभित्र मतभिन्नता र सङ्घर्ष भएका छन्, यो पछिसम्म पनि रहन्छ । तर हामी सबैले दलको निर्णय मान्नुपर्छ’, उहाँले भन्नुभयो । महानगर र उपमहानगरपालिकामा केन्द्रबाटै गठबन्धन गरे पनि अरू पालिकामा स्थानीय सङ्गठनले नै निर्णय गरेकाले पार्टीको निर्णय मान्न थापाले निर्देशन दिनुभयो ।

‘कांग्रेस एक्लै चुनावमा जाँदा त कैयौँ योग्य साथीहरू उम्मेदवारीबाट वञ्चित हुनुभएको छ, त्यो माथि अहिले तालमेल हुँदा धेरै योग्य साथीहरू छुट्नुभएको छ, विरोधको भाव आउनु स्वाभाविक हो तर पार्टीको निर्णय त सबैले मान्नुपर्छ’, उहाँले भन्नुभयो ।
महामन्त्री थापाले अहिले आवेशमा आएर पार्टीलाई नटेर्नेहरूलाई पछि अप्ठेरो पर्ने चेतावनी पनि दिनुभयो । पार्टीभित्र भएको विभेदको एक-एक हिसाब हुन्छ तर अहिले चुनाव जित्ने गरी अभियानमा लाग्नुपर्छ, पार्टीको निर्णयभन्दा बाहिर गएर उम्मेदवारी दिँदै गर्दा राम्रो हुँदैन, अहिले आवेशमा आएर पार्टीको निर्णय नमानेर बाहिर जाने साथीहरूलाई पछि पार्टीमा फर्किएर काम गर्न गाह्रो छ, बेलैमा साथीहरूले सोच्नुहोला’, थापाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group