ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटमा ४६४ पदका लागि दुई हजार उम्मेदवार


एबीसी / संवाददाता

काठमाडौं १४ वैशाख । स्थानीय तह निर्वाचन २०७९ को लागि नुवाकोटमा दुई हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका १२ पालिकासहित ८८ वडाको ४६४ पदमा दुई हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार विदुर नगरपालिकामा ६७ पदका लागि २७६, बेलकोटगढी नगरपालिकामा ६७ पदका लागि ३२१, दुप्चेश्वर गाउँपालिकामा ३७ पदका लागि १४३, पञ्चकन्या गाँउपालिकामा २७ पदका लागि १३१, तादी गाउँपालिकामा ३२ पदका लागि १६० जनाले उम्मेदवारी दिएका छन् ।
सूर्यगढी गाउँपालिकामा २७ पदका लागि १२१, ककनी गाउँपालिकामा ४२ पदका लागि २१४, शिवपुरी गाउँपालिकामा ४२ पदका लागि १७२, तारकेश्वर गाउँपालिकामा ३२ पदका लागि १२५, म्यागङ गाउँपालिकामा ३२ पदका लागि १३५, किस्पाङ गाउँपालिकामा २७ पदका लागि १११, लिखु गाउँपालिकामा ३२ पदका लागि १६२ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार विदुर नगरपालिकाको प्रमुखमा विभिन्न पार्टी र स्वतन्त्र गरेर ११ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुख पदमा १० जनाको उम्मेदवारी परेको छ । विदुर नगरपालिकाको १३ वटा वडामा ६२ जनाको उम्मेदवारी परेको छ ।
बेलकोटगढी नगरपालिकामा नगरप्रमुखमा नौजनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा पाँचजनाको उम्मेदवारी परेको छ । १३ जना वडाध्यक्ष पदमा ७५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुप्चेश्वर गाउँपालिकामा अध्यक्ष पदमा सात, उपाध्यक्षमा पाँच र सातवटा वडाबाट वडाध्यक्ष पदमा ३४ जनाको उम्मेदवारी परेको छ । पञ्चकन्या गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा ६ र पाँचवटा वडाको वडाध्यक्ष पदमा ३१ जनाको उम्मेदवारी परेको छ । तादी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा पाँच र ६ वटा वडाबाट वडाध्यक्ष पदमा १४, सूर्यगढी गाउँपालिकामा अध्यक्षमा ६, उपाध्यक्षमा पाँच र पाँचवटा वडाको वडाध्यक्ष पदमा २७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । ककनी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा सात र आठवटा वडाको वडाध्यक्ष पदमा ५० जनाको उम्मेदवारी परेको छ । जिल्लाको शिवपुरी गाउँपालिकामा अध्यक्ष पदमा ६, उपाध्यक्षमा चार र आठवटा वडाको वडाध्यक्षमा ३६ जनाको उम्मेदवारी परेको छ । तारकेश्वर गाउँपालिकामा अध्यक्ष पदमा ६, उपाध्यक्षमा पाँच र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३१ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लाको म्यागङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा सात–सात र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३३ जनाको उम्मेदवारी परेको छ । यस्तै, किस्पाङ गाउँपालिकाको अध्यक्ष पदमा सात, उपाध्यक्षमा पाचँ र पाँचवटा वडाबाट वडाध्यक्ष पदमा २७ जनाको उम्मेदवारी परेको छ । लिखु गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा ६ र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटको दुई नगरपालिका र दसवटा गाउँपालिकाको विभिन्न ८८ वटा वडामा दुई–र्दुइ पद रहेको खुला सदस्यका १७६ पदमा ७७१, ८८ वटा वडामा एक–एकजना हुने महिला सदस्य पदमा ३७३ र ८८ वटा वडामा एक–एकजना हुने दलित महिला सदस्य पदमा ३११ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारहरुको यो प्रारम्भिक नामावली भएकाले दाबी विरोधको कारबाही र उम्मेदवार स्वयम्ले नाम फिर्ता लिने समयसीमा अझै बाँकी रहेकाले अन्तिम नामावलीमा यो सङ्ख्या केही घट्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com