ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी गतिविधि बढाउँदै दलहरू


एबीसी / संवाददाता

काठमाडौं १४ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा क्रियाशील राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेसँगै दलहरूको चुनावी अभियानले गति लिएको हो । भूगोलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकासहित पाँचवटा पालिका रहेको कास्कीमा नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धन, नेकपा (एमाले) सहित अन्य दल एवम् स्वतन्त्रबाट प्रमुख÷उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्यसहित कूल एक हजार ४९१ जनाको उम्मेदवारी परेको छ । निर्वाचनबाट कूल ३७० जना जनप्रतिनिधि जिल्लामा निर्वाचित हुनेछन् ।

उम्मेदवारी मनोनयनसँगै कतिपय स्थानमा गठबन्धन एवम् दलसँग सम्बद्ध नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका कारण उक्त उम्मेदवारी फिर्ता गराउनेतर्फ पनि दलहरूको सक्रियता बढेको छ । उम्मेदवारको अन्तिम नामावली तयार भएपछि १६ गतेदेखि मतदाता भेटघाट एवम् घरदैलो कार्यक्रमलाई अझै सक्रियताका साथ अघि बढ्ने नेताहरू बताउँछन् । कांग्रेसले निर्वाचनको तयारीलाई तीव्रताका साथ अघि बढाएको कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री एवम् पोखरा महानगरपालिकाका उपप्रमुखका उम्मेदवार कोपिला रानाभाटले जानकारी दिनुभयो । “कांग्रेससहितको गठबन्धन चुनावी अभियानमा लागेका कारण गठबन्धन दलसँग छलफल गरी हामी चुनावी कार्यक्रमलाई अघि बढाउन लागेका छौँ”, उहाँले भन्नुभयो, “यही १६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको र निर्वाचन परिचालन समितिले तय गरेअनुसार मतदाता भेटघाट एवम् घरदैलो कार्यक्रम अघि बढ्नेछन् ।”

निर्वाचनलाई लक्षित गरी एमालेले आफ्नो तयारी सक्रिय बनाएको एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मी आचार्यले जानकारी दिनुभयो । पार्टीले पालिकास्तरमा पार्टीका विभिन्न समितिहरूलाई परिचालन गर्ने उहाँले बताउनुभयो । चुनाव प्रचारप्रसारअन्तर्गत घरदैलो, मतदाता शिक्षासँगै एमालेको नेतृत्वमा यस अघि भए गरेका कामबारे मतदातालाई जानकारी गराउने उहाँले जानकारी दिनुभयो । चुनावलाई लक्षित गरी गठबन्धन दलका तर्फबाट घोषणापत्र तयारी गर्ने काम भइरहेको नेकपा (माओवादी केन्द्र) नेता एवम् घोषणापत्र निर्माण समितिका सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

सन् २०२५ मा ‘विध्वंसकारी सौर्य आँधी’ र अर्को ‘विश्वव्यापी महामारी’को सामना गर्नु पर्ने खतरा : इकोनोमिष्ट

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com