ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उम्मेदवारको चुनावी कार्यसूची ; सफा र सुन्दर नगर बनाउनेदेखि भ्रष्टचार अन्त्य गर्नेसम्म


एबीसी / संवाददाता

काठमाडौं १४ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले समृद्ध सफा जनकपुरधाम नगर बनाउने कार्यसूचीलाई अघि सारेका छन् । जनकपुरधामलाई सुन्दर, सफा नगर बनाउनेदेखि भ्रष्टाचार अन्त्य गर्नेसम्मको कार्यसूची लिएर जनतामा जाने विभिन्न दल तथा स्वतन्त्ररुपमा उम्मेदवार मनोनयन दत्र्ता गराएका उम्मेदवारले बताएका छन् । मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरिको रुपमा विकास गर्ने कार्यसूचीलाई मुख्य बनाउने उहाँहरुको भनाइ छ । ‘‘जनकपुरधाम सुन्दर र समृद्ध बन्ने दिशामा अघि बढिसकेकाले यसलाई सफल पार्ने मेरो कार्यसूची छ”,सत्तारुढ साझेदार दलको तर्फबाट जनकपुरधामको नगरप्रमुख उम्मेदवारी दिनुभएका निवर्तमान नगरप्रमुख लालकिशोर साहले भन्नुभयो, ‘‘ जनकपुरधाम समग्र रुपान्तरणको बाटोमा अघि बढ्ेको छ, यसलाई पूर्णता दिने मेरो लक्ष्य छ ।”
त्यही लक्ष्य र कार्यसूचीका साथ आफू पुनः नगरप्रमुखमा उम्मेदवारी दिएको उहाँको भनाइ थियो । ‘‘मेरो पाँच वर्षे कार्यकालमा उपमहानगरपालिकामा धेरै परिवर्तन भएको छ” उहाँले भन्नुभयो,‘‘४०÷५० किलोमिटर सडक विस्तार, फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामीण क्षेत्रका वार्डमा खुला नालामुक्त अभियान चलाएर ८० प्रतिशत क्षेत्रमा अन्डरग्राउण्ड नाला बनाएर पिसिसी ढलान लगायतका थुप्रै काम भएका छन् ।”यसलाई थप पूर्णता दिन उपमहानगरमा आफ्नो नेतृत्व आवश्यक छ, उहाँले भन्नुभयो ।
डम्पिङ साइड निर्माण नहँुदा सरसफाइको समस्या भोग्दै आएका जनकपुरधाम नगरवासीलाई आफू निर्वाचित भएको एक महिनाभित्र सरसफाइको समस्याबाट छुटकारा दिलाउने नेकपा ९एमाले०का तर्फबाट नगरप्रमुखका उम्मेदवार शिवशङ्कर साहले बताउनुभयो । ‘‘म निर्वाचित भएको एक महिनाभित्र डम्पिङ साइड निर्माण गरी फोहरमैला व्यवस्थापन गर्छु”, उहाँले भन्नुभयो,‘‘अहिले जनकपुरधाममा देखिएको मुख्य समस्या सरसफाइ नै हो, त्यसमा सुधार ल्याउनु आफ्नो पहिलो प्राथमिकता हो ।”
नगरक्षेत्रको सरसफाइलाई जोड दिँदै सफा र सुन्दर जनकपुर नगर बनाउनु नै आफ्नो उम्मेदवारीको उद्देश्य रहेको उहाँको कथन थियो । पछिल्लो समय बढ्दै गएको आर्थिक अपारदर्शी र भ्रष्टाचारलाई नियन्त्रण गर्दै सुशासन कायम गर्नु पनि आफ्नो कार्यसूची रहेको उहाँले बताउनुभयो । निरन्तर खस्किँदै गएको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयतामा सुधार ल्याउँदै निजी विद्यालय जस्तै सामुदायिक विद्यालयकोस्तर उकास्ने आफ्नो चुनाबी कार्यसूची भएको जनमत पार्टीबाट नगरप्रमुखको पदमा उम्मेदवारी दिनुभएका अनिता साहले सुनाउनुभयो । ‘‘जनकपुरधाम नगरक्षेत्रको शिक्षा र स्वास्थ्यको गुणस्तरियता खस्किएको छ”, उहाँले भन्नुभयो,‘‘त्यसमा सुधार ल्याउँदै गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पु¥याउने मेरो योजना छ ।” चुनाब जिते लगत्तैबाट यो योजनालाई कार्यान्वयनमा लैजाने छु, उहाँको कथन छ । धार्मिक पर्यटकीय नगरीको रुपमा परिचित जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट जनकपुरधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवार मनोज चौधरीको योजना छ ।

‘‘सफा जनकपुर, सुन्दर जनकपुर र हरियाली जनकपुर बनाउने मेरो योजना छ”, उहाँले भन्नुभयो,‘‘ यसबाहेक शिक्षा, स्वास्थ्यकोस्तर उठाउने र नगरक्षेत्रको सरसफाइको अवस्थामा सुधार गर्ने छु ।” यसका लागि नगरवासीसँग हातेमालो गरी अघि बढ्ने उहाँको प्रतिबद्धता छ । अधिकांश उम्मेदवारले नगरक्षेत्रको स्वास्थ्य, शिक्षा र सरसफाइलाई प्रमुख एजेन्डा बनाएर प्रचारप्रसार गरिरहँदा नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्ररुपमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएका मनोज साहले जनकपुरधाम विमानस्थलको स्तरोन्नति र ग्रामीण ‘कनेक्टिभिटी’लाई प्राथमिकतामा राख्नुभएको छ । ‘‘अहिलेसम्म जनकपुरधाम विमानस्थलकोस्तर बढ्न सकेको छैन्”, उहाँले भन्नुभयो,‘‘ यो विमानस्थलमा अहिले आन्तरिक उडान मात्र हँुदै आएको छ, यसको स्तरोन्नति गरी बाह्य वा अन्तर्राष्ट्रिय उडान गर्नेस्तरसम्म पु¥याउछु ।” यसका लागि आफूले अवसर पाउनुपर्ने उहाँको कथन थियो ।

विभिन्न सामाजिक अभियान चलाउँदै आएको अर्का स्वतन्त्र उम्मेदवार बैधनाथ साहाले जनकपुरधाम नगरक्षेत्रका धार्मिक पोखरी, कुण्ड र तलाउको स्तरोन्नति गरी पर्यटन प्रवद्र्धन गर्ने एजेन्डाका साथ चुनाबी प्रतिस्पर्धामा आएको बताउनुभयो । यसबाहेक रोजगारीको अवस्था सिर्जना गरी स्वरोजगार बढाउने योजना आफूुसँग रहेको उहाँले भन्नुभयो । यसरी जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वको दौडमा सहभागी नगरप्रमुखका उम्मेदवारले मतदातालाई आकर्षित गर्न थरिथरिका कार्यसूची बनाएका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरको प्रमुख पदमा २१ र उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्रीबारे संसदीय छानविन समिति बनाउन माओवादी तयार

काठमाडौं, २२ असार । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको छ ।आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन

बजेटमा उठेका विषयबारे एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

काठमाडौं, २२ असार।नेकपा माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ । आज बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले

पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

काठमाडौँ, २२ असार ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ । तथापि चयन सहमतिमा गरिने माओवादी केन्द्रका नेताहरूले

सम्बन्धित

चीनको बीआरआइलाई काउन्टर दिने जी सेभेनको घोषणा

उपत्यकामा सरुवा रोगको त्रास, अस्पतालमा झाडापखालामा बिरामी बढे

काठमाण्डौ महानगरमा केशव स्थापित बालेन साहभन्दा १५ हजार ४ सय ३५ मतले पछाडि

६ सय ९० पालिकाको मत परिणाम सार्वजनिक

पोखरा महानगरपालिकाको मेयरमा ३२ हजार बढी मतका साथ आचार्य अग्र स्थानमा

धनगढी उपमहानगरमा मेयरमा हमाल जितको नजिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com