ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको १३० देशसँग वैदेशिक व्यापार घाटा, ३२ देशसँग मात्र नाफा


एबीसी / संवाददाता

काठमाडौँ, १३ बैशाख । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ । वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेको धेरैजसो देशहरु प्राय: नेपालीले नामै नसुनेका देशहरु रहेका छन् ।

भन्सार विभागका अनुसार पछिल्लो नौ महिनामा किर्गिस्तान, सेन्ट हेलेना, घाना, सेनेगल, आइसल्याण्ड, बर्मुडा, कंगो, मौरीटनिया, माइक्रोनेसिया, सियरा लियोन, जमैका, फिजी, अजरवैजान, मौरिसस्, क्रोएसिया र माल्दिभ्ससँग नेपालको व्यापार नाफामा रहेको छ । यस्तै जर्जिया, ट्रिनिडाड एण्ड टोबागो, माल्टा, जाम्बीया, अर्मेनिया, यमन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, न्यु क्यालेडोनिया, गुयना, नाइजर, अल्जेरिया, डेनमार्क र कम्बोडियासँग पनि नेपालका वैदेशिक व्यापार नाफा रहेको विभागले जनाएको छ । नेपालको वैदेशिक व्यापार घाटा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, अर्जेन्टिना, अमेरिका, युक्रेन, अष्ट्रेलिया, मलेसिया, ब्राजिल, बंगलादेश, थाइल्याण्ड, क्यानडा, दक्षिण कोरिया, भियतनाम, स्वीट्जरल्याण्ड, टर्की, साउदी अरेविया, पराग्वे, सिंगापुर, रुस र दक्षिण अफ्रिका रहेका छन् ।

जापान, नेदरल्याण्ड्स, फ्रान्स, ताइवान, इजिप्ट, हङकङ, कतार, म्यानमार, जर्मनी, बेलायत, मोजाम्बीक, बेल्जियम, इटाली, पोल्याण्ड, इजरायल, न्युजल्याण्ड, चेक रिपब्लिक, बहराइन, भुटान, फिलिपिन्स, स्पेन, लिथुवानिया, आयरल्याण्ड, पाकिस्तान, श्रीलंका, मेक्सिकोसँग पनि नेपालको व्यापार घाटामा रहेको छ । यस्तै, कुवेत, अष्ट्रिया, स्लोभाकिया, तान्जानिया, ग्वाटेमाला, माल्डोभा, भेनेजुयला, ओमान, स्वीडेन, नर्वे, हंगेरी, फिनल्याण्ड, मलावी, चिली, नाइजेरिया, गाबोन, सुडान, युगाण्डा, केन्या, बुल्गेरिया, सर्विया, पोर्चुगल, लेबनान, रोमानिया, ग्रिस, मंगोलिया, लाइबेरिया, कजाकास्तान, कोस्टारिका, जोर्डन, स्लोभेनिया, स्वाजील्याण्ड, नामिबिया, लाटभिया, पेरु लगायतका देशसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको छ ।

पछिल्लो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रुपैयाँको रहेको छ । सो अवधिमा नेपालको व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा नेपालले मात्र १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

काठमाडौँ, २२ असार ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ । तथापि चयन सहमतिमा गरिने माओवादी केन्द्रका नेताहरूले

अबको एक दुई दिन हल्का मात्रै वर्षा, गर्मी बढ्ने

काठमाडौं, २२ असार ।  काठमाण्डौसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हल्का वर्षा भए पनि गर्मी बढेको छ । मौसमविद् हिरा भट्टराईका अनुसार अहिले

आजै संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं : उपसभापति खड्का

काठमाडौं, २२ असार ।सत्तारूढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा

सम्बन्धित

पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

अबको एक दुई दिन हल्का मात्रै वर्षा, गर्मी बढ्ने

आजै संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं : उपसभापति खड्का

मंसिर २ या ५ मा चुनाव गराउन प्रस्ताव गर्दै आयोग : आज आयोगले प्रधानमन्त्री देउवालाई भेट्ने

अर्थमन्त्रीबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल

नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद्‌को निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com