ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा काँग्रेस-माओवादीको मात्र गठबन्धन


एबीसी / संवाददाता

काठमाडौँ, १२ बैशाख । झापामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बाहिरिएका छन् ।
सिट बाँडफाँटमा दुई ठूला दलले अपमान गरेको भन्दै नेकपा एस र जसपा गठबन्धनबाट बाहिरिएका हुन् । कमल गाउँपालिकामा मात्र चार दलीय गठबन्धन बनेको छ भने अन्य स्थानीय तहमा गठबन्धन हुन सकेको छैन ।

नेकपा एसले झापाका अधिकांश स्थानीय तहमा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष आफ्नै पार्टीको उम्मेदवार उठाएको छ । ‘ठूलाले पेल्न खोजे । त्यही कारण हामीले आफ्नै उम्मेदवार उठाएका हौं,’ नेकपा एसका झापा अध्यक्ष बेदराज रेग्मीले भन्नुभयो, ‘हामी आफ्नै उम्मेदवारबाट हाम्रो मत संकलन गर्छौं ।’ कांग्रेस र माओवादीको दम्भका कारण गठबन्धन कायम रहन नसकेको जसपाका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङले बताउनुभयो । प्रदेशभर गठबन्धन पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

‘शक्ति गठबन्धनसहित सहअस्तित्वको गठबन्धन हुनुपर्ने हो । तर, ठूला भनाउँदा दलले पेल्न खोजे,’ उहाँले भन्नुभयो, ‘प्रदेशभर स्थानीय आवश्यकताअनुसार मात्र गठबन्धन भएको छ ।’ झापामा कमल गाउँपालिकामा भने चार दलीय सत्ता गठबन्धन भएको छ । जिल्ला भरका अन्य स्थानीय तहमा भने कांग्रेस-माओवादी गठबन्धन भएको छ । दमकमा कांग्रेस र माओवादीले राप्रपासँग तालमेल गरेका छन् । जिल्लाभर माओवादीले कुनै स्थानीय तहमा प्रमुख पाएन । उसले जिल्लाका अधिकांश स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षमा चित्त बुझायो ।

कांग्रेस-माओवादीले अधिकांश स्थानीय तहमा सिट बाँडफाँट सके पनि चार पालिकामा भने आपसमा प्रतिस्पर्धा हुने भएको छ । झापा गाउँपालिका, हल्दिबारी गाउँपालिका, कनकाई नगरपालिका र कचनकवल गाउँपालिकामा साझा उम्मेदवार उठाउन कांग्रेस-माओवादी चुकेका छन् । शिवसताक्षी-१ र बाह्रदशी-१ मा समेत साझा उम्मेदवार खडा हुन नसकेर आपसी प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com