ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा काँग्रेस-माओवादीको मात्र गठबन्धन


एबीसी / संवाददाता
बैशाख १२, २०७९ सोमबार  ७ : १७ बजे

काठमाडौँ, १२ बैशाख । झापामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बाहिरिएका छन् ।
सिट बाँडफाँटमा दुई ठूला दलले अपमान गरेको भन्दै नेकपा एस र जसपा गठबन्धनबाट बाहिरिएका हुन् । कमल गाउँपालिकामा मात्र चार दलीय गठबन्धन बनेको छ भने अन्य स्थानीय तहमा गठबन्धन हुन सकेको छैन ।

नेकपा एसले झापाका अधिकांश स्थानीय तहमा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष आफ्नै पार्टीको उम्मेदवार उठाएको छ । ‘ठूलाले पेल्न खोजे । त्यही कारण हामीले आफ्नै उम्मेदवार उठाएका हौं,’ नेकपा एसका झापा अध्यक्ष बेदराज रेग्मीले भन्नुभयो, ‘हामी आफ्नै उम्मेदवारबाट हाम्रो मत संकलन गर्छौं ।’ कांग्रेस र माओवादीको दम्भका कारण गठबन्धन कायम रहन नसकेको जसपाका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङले बताउनुभयो । प्रदेशभर गठबन्धन पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

‘शक्ति गठबन्धनसहित सहअस्तित्वको गठबन्धन हुनुपर्ने हो । तर, ठूला भनाउँदा दलले पेल्न खोजे,’ उहाँले भन्नुभयो, ‘प्रदेशभर स्थानीय आवश्यकताअनुसार मात्र गठबन्धन भएको छ ।’ झापामा कमल गाउँपालिकामा भने चार दलीय सत्ता गठबन्धन भएको छ । जिल्ला भरका अन्य स्थानीय तहमा भने कांग्रेस-माओवादी गठबन्धन भएको छ । दमकमा कांग्रेस र माओवादीले राप्रपासँग तालमेल गरेका छन् । जिल्लाभर माओवादीले कुनै स्थानीय तहमा प्रमुख पाएन । उसले जिल्लाका अधिकांश स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षमा चित्त बुझायो ।

कांग्रेस-माओवादीले अधिकांश स्थानीय तहमा सिट बाँडफाँट सके पनि चार पालिकामा भने आपसमा प्रतिस्पर्धा हुने भएको छ । झापा गाउँपालिका, हल्दिबारी गाउँपालिका, कनकाई नगरपालिका र कचनकवल गाउँपालिकामा साझा उम्मेदवार उठाउन कांग्रेस-माओवादी चुकेका छन् । शिवसताक्षी-१ र बाह्रदशी-१ मा समेत साझा उम्मेदवार खडा हुन नसकेर आपसी प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com