ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौन अवधिमा के गर्न पाइदैन ?


admin

काठमाडौं, १२ असार । गएको मध्य रात अर्थात रातको १२ बजेदेखि मौन अवधि शुरु भएको छ । मौन अवधि शुरु हुने वित्तिकै चुनाव प्रचार प्रसार रोकिएको छ । मौन अवधिभर उम्मेदवारले मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम गर्न पाउने छैनन् । मौन अवधिभर तोकिएको आचारसंहिता उल्लङघन गरेमा कारवाही हुनेछ ।

निर्वाचन आचारसंहिता अनुसार मतदानको समय सुरु हुनु ४८ घण्टाअघि अर्थात आइतबार मध्यरातबाट मौन अवधि शुरु भएको छ । मौन अवधि शुरु भएसँगै उमेदवारले मतदातालाई प्रभावित गर्न र प्रचारप्रसार गर्न नपाउने भएका छन् । प्रमुख दलका शीर्ष नेतासहित उम्मेदवारहरु चुनावी सभा, ¥याली र मतदातास“गको भेटघाटमा आईतवार दिउसोसम्म व्यस्त रहेका थिए । तर मौन अवधि शुरु हुने वित्तिकै शिर्ष नेताहरु जिल्लाबाट फर्केका छन् भने उम्मेदवार पनि प्रचारको काम रोकेर निर्वाचनको प्रतिक्षामा बसेका छन् । मनोनयन दर्ता पछि एक साता निरन्तर प्रचार प्रसार शुरु गरेका उम्मेदवारहरुले मौन अवधि शुरु हुने वित्तिकै कुनै पनि माध्यमवाट प्रचार प्रसार गर्न नपाउने निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले बताए ।

मौन अवधि सन्चार माध्यमहरुलाई पनि लागू हुन्छ । यस अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई भोट माग्दै विज्ञापन वा सन्देश प्रकाश प्रसारण गर्न रोक लगाइएको छ । त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ‘एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने उल्लेख गरेको छ । त्यस्तै दलका उम्मेद्ववारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन् । मौन अवधिमा आचारसंहिता उल्लङघन गरेमा निर्वाचन आयोगले सुरुमा सचेत गराउने र आयोगले सचेत गराउदा पनि बेवास्ता गरेमा उम्मेदवार र दललाई आयोगले एक लाख रुपैया“सम्म जरिवाना गर्न सक्ने प्रवक्ता सुर्य प्रसाद शर्माले बताए ।

आचारसंहिताको परिच्छेद २ को नियम ५ (घ) अनुसार मौन अवधिमा उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नपाउने र मौन समय सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाएको हुनुपर्ने उल्लेख गरिएको छ । । निर्वाचनका लागि खटिएका कर्मचारीहरुले मौन अवधिभित्रै मतदान केन्द्रहरु तयार गर्नेछन् । आयोगको आचारसंहिता राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, निर्वाचनमा खटिने कर्मचारी सवैले पालना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com