चितवन । सत्ता गठबन्धनले चितवनका छ पालिकामा भावण्डा टुंग्याएको छ । भरतपुर महानगरपालिका माओवादी केन्द्रले पाउने भएपछि अन्य अधिकांश पालिकाको नेतृत्व नेपाली कांग्रेसले पाउने गरी टुंगो लगाएको हो ।
सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको खाका तयार गरेका छन् । जसअनुसार कांग्रेसले ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पाउने छ ।
दलहरुबीच भएको छलफल अनुसार, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको प्रमुख पाउने गरी सहमतिको खाका तयार पारिएको छ ।
यस्तै, माओवादी केन्द्रले भरतपुर महानगरसहित माडी नगरपालिकाको प्रमुख र एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पाउने छ ।
प्रतिक्रिया दिनुहोस्