काठमाडौं, ६ वैशाख । सत्ता गठबन्धनमा देखिएको भागवण्डा विवाद थप पेचिलो बन्दै गएको छ । सत्तारुढ दलहरुबीच देखिएको भागवण्डा विवादका कारण बैठक नै स्थगित भएको छ ।
गठबन्धन बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको थियो । दलहरुबीच आन्तरिक विवाद मिलाउनका लागि बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।
महानगरपालिका भागवण्डाको विषयलाई लिएर कांग्रेसमा व्यापक असन्तुष्टि छ । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका लिने र माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगञ्ज र नेकपा एसले पोखरा लिने सहमतिपछि कांग्रेसमा व्यापक असन्तुष्टि बढेको छ ।
पोखरामा देखिएको असन्तुष्टिबारे कुराकानी गर्नका लागि सभापति शेरबहादुर देउवाले नेताहरुलाई काठमाडौं बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस्