ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाम मात्रैको गठबन्धन ! हुन सकेन् संयुक्त चुनावी सभा


एबीसी / संवाददाता
बैशाख ५, २०७९ सोमबार   ७ : ५६   बजे

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न ७५ भन्दा बढी कार्यक्रममा सहभागी भए । त्यसका लागि पूर्वको मोरङदेखि पश्चिमको धनगढीसम्म पुगे । जहाँ उनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका उम्मेद्‌वारलाई विजयी गराउन अनुरोध गर्दै सार्वजनिक भाषण गरे ।

अधिकांश कार्यक्रममा पाँच दलीय गठबन्धनबाटै चुनाव लड्ने उनको दाबी थियो । हरेक स्थानीय तह तालमेल गर्दै अघि बढ्ने र त्यही अनुरूप तयारी गर्न सबै नेता कार्यकर्तालाई उनको निर्देशन थियो ।

पाँच दलीय गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मिति घोषणा भएसँगै ४० भन्दा बढी कार्यक्रममा सहभागी भइसके । पार्टीले आयोजना गरेको भन्दा सरकारी कार्यक्रममा गएर उनले पनि चुनावी तालमेल गरेरै अघि बढ्ने दाबी गरे ।

कांग्रेस एक्लै चुनाव लड्दा विगतमा कस्तो अवस्था भोगेको स्मरण गराउँदै तालमेलबाहेक चुनाव जान नसकिने उनको तर्क थियो । पाँच दलीय गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा नेता कार्यकर्ता यतिबेला चुनावी दौडाहमा छन् । उनीहरूले आफ्ना उम्मेदवारलाई भोट हाल्न अपिल गर्नुका साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई भोट नदिन भन्न समेत भ्याउँछन् ।

यतिमात्र नभएर कुनै कुनै कार्यक्रममा गएर माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरूमाथि गठबन्धनभित्रबाट अपमान भइरहेको समेत बताए । अपमान भइरहे सहन नसकिने भन्दै गठबन्धनबाट बाहिरिने समेत उनीहरूको चेतावनी थियो ।

पाँच दलका शीर्ष नेतादेखि तल्लो स्तरका नेताहरूसम्म चुनावी दौडाहमा छन् । तर, पाँच दलले भने अहिलेसम्म संयुक्त चुनावी सभासमेत आयोजना गर्न सकिरहेका छैनन् । पाँच दलले यहि २९ चैतमा संयुक्त अपिल जारी गरेका थिए । जसमा उनीहरूले एक अर्कालाई सहयोग गर्नेदेखि लिएर एकअर्काको विरुद्ध नलाग्ने सम्मको प्रतिबद्धता जनाएका थिए ।

यहि ११ र १२ गते वैशाखमा उम्मेद्‌वार मनोनयन दर्ताको समय तोकिएको छ । मनोनयन दर्ता गर्ने समय नजिकिँदै गर्दा पनि दलहरूले एउटा पनि संयुक्त चुनावी सभा आयोजना गर्न नसकेका हुन् ।

गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँटबारे निर्णय गर्न सकिरहेका छैनन् । गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेका उनीहरूको गतिविधि हेर्दा एक्ला एक्लै लड्ने जस्तो देखिन्छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले विविध कारणले संयुक्त चुनावी अभियान गर्न नसकिएको बताए । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले तालमेलको व्यवहारिक निर्णय गर्न बाँकी रहेकोले संयुक्त चुनावी सभा गर्न नसकिएको जानकारी दिए । स्थानीय तहको सिटको बाँडफाँटबारे निर्णय भएपछि संयुक्त चुनावी सभा गरिने उनको भनाइ छ ।

गठबन्धनमा आबद्ध दलहरूलाई अझै पनि तालमेलसहित चुनाव लड्नेमा विश्वास छैनन् । एक अर्काप्रति विश्वास नहुँदा उनीहरू एक्ला एक्लै चुनावी सभाहरू गर्दै आएका छन् ।

नेपाली कांग्रेसले धेरै स्थानहरूमा तालमेल नगर्ने निर्णय गर्दै आफ्नै उम्मेद्‌वार घोषणा गरिरहेको छ । पालिका, जिल्ला र प्रदेशस्तरमा निर्णय गर्दै चुनावी तालमेलको विपक्षमा निर्णय गर्न थालेका हुन् । गठबन्धन तोड्दै उनीहरू स्वच्छ प्रतिपस्पर्धामा जाने निर्णयमा पुग्न थालेका हुन् ।

चुनावी तालमेलको निर्णयको अवज्ञा हुँदा हुन थालेपछि गठबन्धनका शीर्ष नेताहरूले अर्को उपाय पनि अघि सारेका छन् । त्यो सबै दलसँगको सहमति नभएपनि जो जसको जोसँग सहमति हुन्छ त्यही अनुसार तालमेल गर्ने ।

यसका लागि गठबन्धनको बैठकमा प्रस्तावकै रूपमा आएको छ । नेताहरूले त्यसलाई सबैको सहमति नजुटेको खण्डमा विकल्पको रूपमा हेरेका छन् ।  सबै दलहरूबीच भागबण्डा र तालमेलको विषयमा सहमति जुटेपछि मात्रै संयुक्त चुनावी सभा गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group