ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने


एबीसी / संवाददाता

काठमाडौँ, ३ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको प्राधिकरणको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले बुद्ध, यति, श्री, गुण र सौर्य गरी ५ एयरलाइन्सले वैशाख ८ गतेदेखि विमानस्थलमा आन्तरिक उडान शुरु गर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय उडान भने जेठ २ गते बुद्ध जयन्तीका दिनबाट शुरु हुने उहाँको भनाइ छ । महानिर्देशक अधिकारीले पोखराको विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको र ढिलोमा अंग्रेजी नयाँ वर्ष र छिटोमा दशैंसम्ममा यो विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने बताउनुभयो । पोखरा विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । अबको १५ देखि २० दिनभित्रमा डाँडा कटानको काम शुरु गर्ने र कटान दुई महिनामा सक्ने लक्ष्य राखेको उहाँको भनाइ छ ।

महानिर्देशक अधिकारीले कोरोना भाइरसपछि हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने समेत बताउनुभयो । त्यस्तै प्राधिकरणले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ देखि २४ सै घण्टा खुल्ला गर्ने र गौतमबुद्ध तथा पोखरा अन्तर्राट्रिय विमानस्थल पनि सञ्चालनपछि २४ सै घण्टा खुल्ला गर्ने जनाएको छ । रात्रीकालीन उडान भइरहेका तराईका विमानस्थलका सेवा राति १२ बजेसम्म बढाउने योजना रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको विजय घोषणापछि विशाल र्‍यालीको तयारी

काठमाडौं, १२ जेठ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएको घोषणा सम्भवत आज हुन सक्छ । अब तीनवटा वडाको मात्रै मतगणना बाँकी छ

बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, १२ जेठ । काठमाडौं– बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। आजको सदनमा राट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत

प्रदेश सांसदलाई मेयरमा पत्याएनन् जनताले : प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उठेका ८ मध्ये ६ जना पराजित

काठमाडौं, १२ जेठ ।  प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा मेयर उम्मेदवार भएका ८ जनामध्ये ६ जना पराजित भएका छन्।प्रदेश १ को प्रदेशसभाबाट राजीनामा

सम्बन्धित

बालेनको विजय घोषणापछि विशाल र्‍यालीको तयारी

बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

प्रदेश सांसदलाई मेयरमा पत्याएनन् जनताले : प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उठेका ८ मध्ये ६ जना पराजित

७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता

दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु

अझै पाँच पालिकाको नतिजा आउन बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...