ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोर्न स्टारसँग ट्रम्पको सम्बन्ध, नबोल्न भन्दै वकिलले दिएका थिए १३०,००० अमेरिकी डलर


एबीसी न्यूज
पुस २९, २०७४ शनिबार   ९ : ४९   बजे

पुस २९ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन चलचित्रकी अभिनेत्रीसँग सम्बन्ध राखेको खबर अमेरिकी सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । ट्रम्पले सन् २००६ मा यौन चलचित्रकी अभिनेत्री स्टेफानी क्लिफोर्ड (स्ट्रोमी ड्नियल्स) सँग सम्बन्ध कायम गरेको दाबी खरबमा छ ।

सन् २०१६ मा राष्ट्रपति चुनावका बेला ट्रम्पले यौन हिंसा गरेका महिला बाहिर आउने क्रम चल्दा ट्रम्पका वकिलले स्टेफानीलाई चुप बस्न भन्दै एक लाख ३० हजार अमेरिकी डलर दिएका वाल स्ट्रिट जर्नलले शुक्रबार खबर छापेको छ । ट्रम्प अर्गनाइजेशनमा लामो समय वकिलको रुपमा रहेका माइकल कोहेनले स्टेफानीलाई पैसा दिएर चुप रहन भनेको वाल स्ट्रिट जर्नलले दाबी गरेको छ ।

कोहेनले स्टेफानीलाई पैसा दिएको बिषयमा केही बताएका छैनन् तर ट्रम्प र स्टेफानीबिच यौन सम्बन्ध रहेको कुराको भने खण्डन गरेका छन् । ट्रम्पको सन् २००५ मा मिलानियासँग विवाह भएको थियो । विवाहपछि पछि ट्रम्पले स्टेफानीसँग सम्बन्ध कायम गरेकाले मिलानियालाई चिट गरेको ट्रम्पमाथि आरोप छ । ट्रम्प र स्टेफानीबिच सन् २००६ मा गल्फ प्रतियोगिताको क्रममा भेट भएको थियो ।

सन् २०१६ मा स्टेफानीले आफू र ट्रम्पबिचको सम्बन्ध तथा आफूमाथि भएको यौन हिंसाका बारेमा बताउन एबिसी न्युज च्यानलसँग सम्पर्क गरेको र तर ट्रम्पका वकिलले एक लाख ३० हजार अमेरिकी डलरमा कुरा मिलाएर उनलाई चुप बस्न लगाएको जर्नलले दाबी गरेको छ । चुनाव हुनुभन्दा झण्डै एक महिनाअघि मात्रै वकिल कोहेनले स्टेफानीसँग सहमति गरेको दाबी छ । एजेन्सी बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

असममा खस्यो भारतीय वायुसेनाको विमान

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group