ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस र युक्रेनबीच टर्कीमा वार्ता, अन्तर्राष्ट्रिय सुरक्षा ग्यारेन्टीसम्बन्धी सम्झौता प्राथमिकतामा


एबीसी / संवाददाता
चैत्र १५, २०७८ मंगलबार   ७ : ५३   बजे

काठमाडौँ, १५ चैत । टर्कीको इस्तानबुलमा जारी रुस र युक्रेनबीचको वार्तामा धेरै मुद्दाहरूमा ‘गहन परामर्श’ भएको युक्रेनले जनाएको छ । जारी वार्तामा युक्रेनको लागि अन्तर्राष्ट्रिय सुरक्षा ग्यारेन्टी सम्बन्धि सम्झौताका विषयले प्राथमिकता पाएको युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले जानकारी दिनुभयो ।

उहाँले युक्रेन सरकारको लामो समयदेखिको अडानलाई राख्दै सुरक्षा ग्यारेन्टी भए तटस्थताको सम्भावना औल्याउनुभयो ।
युक्रेनी अधिकारीहरूले मारिउपोलको घेराबन्दी लगायत भारी रुसी बमबारीमा परेका शहरहरूमा ठूलो मानवीय संकट भएको बताएका छन् । पोडोल्याकले कैदीहरूप्रति दुव्र्यवहार र सशस्त्र द्वन्द्वका कानुनहरूको अन्य सम्भावित उल्लङ्घनहरू भएको र दुवै पक्षबाट भएका आक्रमणले एक वा अर्को राष्ट्रलाई हानी पुर्‍याउनेतर्फ सचेत हुर्नेमा जोड दिनुभयो । युक्रेनी सेना द्धन्दका कानुनहरू पालना सुनिश्चित गर्न प्रतिबद्ध रहेको भन्दै युद्धका नियमहरू उल्लङ्घन हुन नदिने उहाँको भनाइ थियो ।इस्तानबुल वार्ताको आयोजना गर्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई यस त्रासदीको अन्त्य गर्न आग्रह गर्नुभयो ।

अन्तर्राष्ट्रिय समुदायलाई स्वीकार्य समाधानमा पुग्न सम्भव रहेको भन्दै उहाँले द्वन्दको निरन्तरता कसैको हितमा नभएको बताउनुभयो । सोमबार टर्की पुगेका दुई देशका प्रतिनिधिमण्डलले भिडियो कन्फरेन्सबाट धेरै चरणको वार्तापछि प्रत्यक्ष भेट गरेको यो पहिलो पटक हो । टर्कीले मार्च १० मा युक्रेन र रुसी विदेश मन्त्रीहरू बीचको पहिलो बैठक गत महिना युक्रेनको आक्रमणपछि दक्षिणी टर्कीको शहर अन्टाल्यामा आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group