ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउने गरेको आरोप : अध्यक्ष नेपाल


एबीसी / संवाददाता
चैत्र १४, २०७८ सोमबार  ७ : ०० बजे

काठमाडौँ, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउने गरेको बताउनुभएको छ । सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले) का अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरू बनाउने गरेको आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘उनी (ओली) राजावादी शक्तिहरू सँग मध्यरातमा गएर गोप्य रूपमा भेट गर्ने गर्दछन् भन्ने सूचनाहरू चुहिने गरेको छ, कालो सिसाको गाडीमा चढेर, अर्कोले ड्राइभ गरेर कहीँ पुर्‍याउने गर्दछ र भेटघाट गरेर खतरनाक योजनाहरु बनाउने गरेको भन्ने सुन्नमा आउँछ ।’ उहाँले थप्नुभयो, ‘हुनत पहिले पनि विदेशी जासुसी संस्थाका प्रमुखसँग मध्यरातमा बालुवाटारमै प्रधानमन्त्रीको निवासमा एक्लै भेटघाट गरेको, गोप्य भेटघाट गरेको र कुटनीतिक हिसाबले नसुहाउँदो भेटघाट गरेको कुरा त सार्वजनिक भइसकेकै छ ।’ अध्यक्ष नेपालले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको भन्दै तत्कालिन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरूकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भए पनि आफूले उनीहरूबाट धोका पाएको बताउनुभयो ।

अध्यक्ष नेपालले तत्कालिन समयमा आफू ओलीका विरुद्धमा चट्टानी अडानका साथ उभिएको पनि बताउनुभयो । ‘दश भाइको सहारामै म अगाडी बढेको थिएँ र सहयोग पनि गरेका हुन्, चुनौती दिने बेलामा पनि साथ दिएकै पनि हुन्,’ उहाँले भन्नुभयो, ‘तर ऐन, मौकामा धोका दिने स्थिति बन्यो, एक्लो म रहनुपर्ने स्थिति बन्यो, सतिसाल झैँ देढताका साथ उभिएको, चट्टानी अडानका साथ उभिएकै हो ।’ अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरु एमालेमा निरीह भएर बसेको टिप्पणी गर्नुभयो । उनीहरूलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै उहाँले आफूहरू त्यसैगरी बेइज्जत नहुनका लागि एमाले छाडेको बताउनुभयो ।

एमालेले गुण्डा जमात तयार पारेकाले त्यहाँ फरक मत राख्नेलाई हातपात पनि हुनसक्ने उहाँले बताउनुभयो । अध्यक्ष नेपालले समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा पार्टी उभिएमा वामदेव गौतमपनि समाजवादीमा आउन चाहेको बताउनुभयो । तर, केपी ओलीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएर पाँच वर्ष चलाउन पाए आफूहरुको हड्डी जाँतोमा पिसेर सिध्याइदिने भन्दै त्यसो गर्न नसकिने जवाफ दिएको उहाँले बताउनुभयो । उहाँले पार्टीका युवाहरुलाई आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ओली पक्राउ: कानुनी प्रक्रिया र विरोधबीच बढ्दो तनाव, एमालेको सडक प्रदर्शन शुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com