ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल पीएनजीसँग ६ रनले पराजित


एबीसी / संवाददाता
चैत्र ११, २०७८ शुक्रबार   ६ : ०२   बजे

काठमाडौँ, ११ चैत । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपाल पराजित भएको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको रोमाञ्चक खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको हो । २ सय ९३ रनको ठुलो लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २ सय ८६ रन बनायो । रोहितले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङमा समेत नेपालले जित निकाल्न सकेन ।

नेपालका रोहित पौडेलले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङ खेले । रोहितको यो अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । यस्तै रोहित एकदिवसीयमा सर्वाधिक रन बनाउने खेलाडी बने । उनले १ सय ७ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्तिथिमा पुर्याएका थिए । नेपालका आरिफ शेखले ३४ रन, कुशल भुर्तेलले ३२ रन, सोमपाल कामीले अविजित १८, भिम शार्कीले १७, कमल सिंह ऐरीले १८ बनाउनु बाहेक अन्य खेलाडीले सम्झनालायक प्रदर्शन गर्न सकेनन् । पीएनजीका नोरमान भानुअले ३ विकेट लिए । यस्तै चार्ल्स अमिनी, असद भालाले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनायो । नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक रन हो ।

पीएनजीका दुई खेलाडीले अर्धशतक पुरा गरे । चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले । उनले १ सय ३ बलमा ६ चौका र १ छक्का प्रहर गर्दै सर्वाधिक इनिङ खेले । कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै ओपनर टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१ रनमा आउट भए । नोरमान भानुअले आक्रामक ४७ रन बनाए । जासन किलले १३ रनमा रहँदा सिमोन अटाइले २ रन बनाए । नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १/१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group