ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इतिहास शिरोमणि आचार्यको जन्मदिनलाई इतिहास दिवस घोषणा गर्न माग


एबीसी / संवाददाता

काठमाडौँ, १ चैत । इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ। आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पुर्‍याएको योगदानको कदर गर्दै उनको जन्म दिनलाई इतिहास दिवस घोषणा गर्न माग गर्नुभयो।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव सुरेस आचार्यको बिशिष्ट आतिथ्यतामा सम्पन्न बाबुराम आचार्य र उहाँको योगदान बिषयक गोष्ठीमा प्रा डा गोबिन्द टन्डनको २९ पेजको कार्यपत्र पुरै पढेर सुनाउनुभएको थियो । इतिहास शिरोमणि बाबुराम आचार्य प्रतिष्ठानको पहलमा घोषणा भएको दुई लाख राशीको बाबुराम आचार्य सगरमाथा पुरस्कारको बिषयमा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्रकाश पार्दै अझ मन्त्रालयले प्रतिष्ठान र सरोकारवाला निकायसँग बाबुराम आचार्यको बिषयमा थप कार्य गर्ने आफुलाई इच्छा रहेको बताउनुभएको थियो । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेस आचार्यले बाबुराम आचार्यको १० लाखको रासी आफु सँस्कृतिको सचिव हुँदा सिफारिस गरेको स्मरण गर्दै बाबुराम आचार्यको जन्म जयन्तीका अवसरमा फागुन २९ गतेलाई इतिहास दिवस मनाउन सरकारलाई आग्रह गर्नुभएको थियो ।

बिशिष्ट अतिथी एबम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले बाबुराम आचार्य स्मृति प्रतिष्ठानले इतिहाश शिरोमणिका योगदानलाई स्मरण गराउन नेपाल प्रज्ञा प्रतिष्ठान, सस्कृति मन्त्रालयलगायतमा घच्घच्याउन कमी नगरेको भन्दै आगामी दिनमा प्रतिष्ठानसँग मिलेर बाबुराम आचार्य संग्राहालय निर्माण, अप्रकाशित कृति प्रकाशनलगायतमा अगाडी बढ्ने बताउनुभएकोे थियो । कार्यक्रममा पूर्वमन्त्री मोदनाथ प्रश्रित, प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय, प्रा डा सुरेन्द्र केसी, पूर्वराजदूत निरञ्जनमानसिंह बस्नेत, प्राज्ञ दीनेशराज पन्त, बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यलगायतले आचार्यको जन्मदिन पारेर फागुन २९ लाई इतिहास दिवस घोषणा गर्न माग गर्नुभएको थियो । इतिहास शिरोमणिको जन्म वि।सं १९४४ फागुन २९ गते काठमाडौंमा भएको थियो । उहाँको निधन २०२९ भदौ २१ गते भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री देउवालाई एमालेले भन्यो – रातो बत्ति बलि सक्यो अब ब्यूँझिनुस्

काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई निद्राबाट ब्यूँतिन आग्रह गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै एमाले सांसद

देशभर ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्‍न

काठमाडौँ — प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा १ वटामा सकिएको छ । गण्डकीमा ३ वटा लुम्बिनी र सुदूरपश्चिम

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

  गुल्मी ३ जेठ । गुल्मीका १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । त्यहां नेपाली कांग्रेसले पाँच पालिका नेकपा माओवादी केन्द्रले चार र नेकपा

सम्बन्धित

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

पाल्पाको रामपुरमा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

प्रदेश नम्बर १को मत परिणामा पनि एबीसी एक्जिट पोल जस्तै : नेका पहिलो, एमाले दोस्रो र माके तेस्रो (पूरा विवरण)

धुनिबेशीका नेता आचार्यको राजनीतिक इतिहास यस्तो छ

बेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा माओवादी विजयी

लमजुङको सुन्दरबजार नगरपालिका मेयरमा कांग्रेसका कोइराला विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com