ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास निर्माणका काममा ढिला हुनुमा सरकारी संयन्त्रको कमजोरी : मन्त्री झाँक्री


एबीसी / संवाददाता

काठमाडौँ, २७ फागुन । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास निर्माणको काम समयमा सम्पन्न हुन नसक्नु र गुणस्तरीय काम हुन नसक्नुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताउनुभएको हो ।

विकास निर्माणको काम समयमै सम्पन्न गर्नका लागि योजना छनोट, स्रोतको सुनिश्चितता तथा निर्माण व्यवसायीको प्रभावकारिता र जवाफदेहिता अनिवार्य शर्त भएको उहाँले बताउनुभयो । ‘नेपाल सरकारको तर्फबाट योजना छनोट, सञ्चालनका गतिविधि, स्रोतको सुनिश्चितता, निर्माण व्यवसायीहरूको प्रभावकारी एवं गुणस्तरीय काम र त्यसमाथिको नियमन अनिवार्य शर्त हुन्,’ उहाँले भन्नुभयो, ‘तर हामीले अहिलेसम्म एक पक्षलाई मात्रै दोषारोपण गर्ने गरेका छौं, मुलतः निर्माण व्यवसायीको प्रभावकारीता, जवाफदेहिता र त्यसमा गुणस्तरहीन कामको कुरा चाहीँ सर्वत्र आलोचनाको विषय छ, नियमनको विषय सरकारी संयन्त्रकै जिम्मेवारी हो ।’ निर्माण व्यवसायीले गरेको कामको नियमन गर्नु सरकारको सम्बन्धित निकायको जिम्मेवारी भएको भन्दै मन्त्री झाँक्रीले कानूनमा भएका विभिन्न छिद्रहरूका कारण सरकारी संयन्त्रले प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्नुभयो ।

मन्त्री झाक्रीले कुनै पनि आयोजना समयमा सम्पन्न नभई अलपत्र भएको विषयमा सरकारले संवेदनशील रूपमा हेरेको बताउनुभयो । आयोजनाको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायी प्रतिवद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com