ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वार्ताको ढोका खुल्ला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपतिको आग्रह


एबीसी / संवाददाता

ब्रसेल्स, १४ फागुन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गर्नुभएको छ । उहाँहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सो धारणा राख्नुभएको हो । रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो दिन शुक्रबार उहाँहरुका बीचमा फोनमा कुराकानी भएको थियो । त्यसक्रममा राष्ट्रपति म्याँक्रोले वार्ताको ढोका खुल्ला राख्दा त्यसले जतिसक्दो चाँडो युद्धविरामको वातावरण बन्न सक्ने बताउनुभएको हो ।

रुसले आक्रमण गरेको दोस्रो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ पुगेका छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ । यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभ क्षेत्रमा गुडिरहेको देखिएको छ । आमक्रमणको दोस्रो दिन शुक्रबार राजधानी किभ पुगेको रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यहाँ आम रूपमा सेना परिचालनको आदेश दिनुभएको छ । यहाँ अतिरिक्त ड्युटीमा रहेका र जगेडामा रहेका सेनालाई काममा बोलाइएको छ । त्यसैगरी यहाँका युवा जनशक्तिले पनि रुसी सेनाका विरुद्धमा लड्नुपर्ने भएको छ । यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com