ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरपालिकाको लापरबाहि सधैं दुर्गन्धित मेलम्ची


admin

काठमाडौं, २६ पुस । फोहरमैलाको उचित व्यवस्थापन नहुँदा मेलम्ची बजारमा दुर्गन्ध फैलन थालेको छ । सिन्धुपाल्चोक जिल्लाको मुख्य बजारका रुपमा चिनिँदै आएको मेलम्ची बजारबाट संकलित फोहोरको उचित व्यवस्थापनमा नगरपालिकाले तार्परता नदेखाएपछि सो समस्या उत्पन्न भएको हो ।

मेलम्ची नगरपालिकाका १३ वटा वडामै फोहर उठाउन न नगरपालिका पुगेको छ न कुनै सामाजिक संस्थाले नै चासो दिएका छन् । घर तथा होटल सञ्चालनबाट संकलित भएको फोहरको व्यस्थापन नभएकै कारण धेरै समस्या भोग्नु परेको स्थानीयले गुनासो गर्न थालेका छन् ।

नगरभित्र संकलन भएको फोहर खुलेआम नदी किनारमा फाल्दा र सार्वजनिक स्थानमा फोहरको थुप्रो लाग्दासमेत नगरपालिकाले फोहर व्यस्थापनको लागि कुनै कार्य अगाडि बढाउन सकेको छैन ।

अव्यवस्थित फोहरका कारण अहिले वातावरण प्रदूषित मात्र नभएर विभिन्न रोगको प्रकोप फैलन थालेको स्थानीय समाजसेवी प्रकाश श्रेष्ठ बताउनुहुन्छ । मेलम्ची नगरपालिका घोषणा भएको तीन वर्ष बितिसक्दासमेत फोहरको व्यवस्थापन गर्न नगरपालिका चुकेको स्थानीयले आरोप लगाएका छन् ।

फोहर व्यवस्थापन गर्नका लागि सरकारले नगरपालिकालाई फोहर बोक्ने गाडीसमेत उपलब्ध गराएको छ तर नगरपालिकाले फोहर फाल्ने स्थान अभाव देखाउँदै पन्छिँदै आएको छ ।

( मेलम्ची बजार )

फोहर व्यवस्थापनसम्बन्धमा नगरपालिका प्रमुख डम्बर अर्यालले उपयुक्त स्थानको अभाव भएकाले फोहर व्यवस्थापन गर्न नसकेको स्वीकार गर्नुभएको छ । नगपालिकाको १०, ११, र १२ नं वडाको स्थान अहिले डम्पिङ साइडको छनोटको रुपमा रहेको र कुन चाहिँ उपयुक्त हुन्छ भन्नेबारे अझै नगरपालिकाले निर्णय लिन सकेको छैन ।

फोहर व्यवस्थापनको लागि भनेर नगरपालिकाको प्रत्येक वडामा फोहर राख्ने ठाउँ बनाइएको छ । फोहर राख्ने ठाउँमा फोहर कुहिएर दुर्गन्धित हुन्छ तर फोहर लिन नगरपालिकाको गाडी एकपटक पनि नआएको मेलम्ची नगरपालिका–१०, शिखरपुरका स्थानीय टोलबहादुर खड्का बताउनुहुन्छ ।

वातावरण सन्तुलन राख्न नगरपालिकाले मुख्य चासो दिनुपर्नेमा नगरपालिका आफैँ मुकदर्शक बनेकाले तत्काल फोहर व्यवस्थापनको आशा टरेको अर्का स्थानीय भीमप्रसाद दुलाल बताउनुहुन्छ ।

मेलम्ची नगरपालिका बासिन्दा चित्रकुमार श्रेष्ठ भन्नुहुन्छ, “गाडी आएको केही महिना फोहर उठाए पनि नगरपालिकाले अहिले फोहर उठाउन छोडेको लामो समय भइसकेको छ । बजारको चोकचोकमा फोहरको थुप्रो छ फाल्नको लागि नगरपालिकाले चासो नदिँदा रुघाखोकी, आउँ, हैजा, औलोजस्ता सरुवा रोगको प्रकोप बढेको छ ।”

अव्यवस्थित फोहरले बजारको स्वरुप नै कुरुप भएको बताउँदै स्थानीयले फोहर व्यवस्थापनका लागि पटकपटक नगरपालिकामा कुरा राख्दासमेत बेवास्ता गर्ने गरेको र अब नगरपालिका छिटोभन्दा छिटो फोहर व्यवस्थापन गर्नेतर्फ केन्द्रित हुनुपर्ने स्थानीयको माग छ ।

फोहर व्यवस्थापनको लागि डम्पिङ साइडको अभाव भए नगरपालिकाले डम्पिङ क्षेत्रकोे खोजी गर्न आफ्नो सक्रियता बढाउनुपर्ने देखिन्छ तर नगरपालिका मौन बस्न भने नमिल्ने बताउँदै मेलम्ची नगरपालिका–१० का सुमन तामाङ बताउनुहुन्छ ।

२०७३ साउनमा तत्कालीन नगरपालिका प्रमुख जिम्मेवारी सम्हालेका पूर्णप्रसाद दुलालले फोहर व्यवस्थापनका लागि भन्दै इन्द्रावती नदी किनारमा रु तीन लाख बजेट विनियोजन गरी फोहर फाल्ने खाल्डो बनाउनुभएको थियो ।

नगरपालिका जस्तो संवेदनशील निकायले देशको प्राकृतिक सम्पदामाथि खलल पर्ने गरी नदी किनारमा फोहरको खाल्डो खनेको र बस्ती नजिकै उक्त खाल्डो बनाएको विषयलाई स्थानीयले सर्वत्र विरोध गरेका थिए ।

बस्ती नजिकै फोहरको खाल्डो र यसले वातावरणमा पर्ने दीर्घकालीन असरको विषयमा स्थानीयले नदीको किनारमा फोेहरको खाल्डो खनेकोप्रति आपत्ति व्यक्त गर्नुका साथै नदी किनारमा फोहर फाल्न दिएका थिएनन् ।

मेलम्चीमा इन्टरनेट वाइफाइभन्दा पनि पहिलो प्राथमिकता फोहर व्यवस्थापनलाई दिनुपर्ने मेलम्चीका अर्का स्थानीय कुमार दुलालले बताउनुभयो ।

दुलालका अनुसार फोहरको व्यस्थापन नहुँदा नदी धेरै दुर्गन्धित भएको र फोहरले मानिसको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ । बजारबाट संकलित फोहर अहिले सिधै नदीमा मिसाउँदा बजारको तल्लो भेगमा बस्नेले सोही पानीलाई खानेपानीका रुपमा पिउन बाध्य छन् र यसको रोकथाम नहुने हो भने ठूलो दुर्घटना निम्तिन सक्छ । यसको छिटो रोकथाम गर्नुपर्ने उहाँको माग छ ।”

मेलम्चीमा फोहर व्यवस्थापनका लागि पटकपटक कुरा चल्दा डम्पिङ क्षेत्रको अभाव भन्दै नगरपालिका पन्छिँदै आएको स्थानीय बताँउछन् । नाम नबताउने शर्तमा एक स्थानीयले भने, फोहर व्यवस्थापनको लागि एक वर्ष अघिदेखि नगरपालिकामा कुरा राख्दासमेत आश्वासन मात्र दिएर फर्काउने गरेका छन् भने अहिले फोहर व्यवस्थापनका लागि जापानी मेशिनको पर्खाइमा रहेको भन्दै नगरपालिका पन्छिने गरेको छ ।

नगरपालिका कार्यालयभित्र हुँदा फोहर व्यवस्थापन भोलिबाट नै शुरु हुन्छ भने पनि व्यवस्थापन गर्नेतर्फ कुनै कार्य अगाडि बढाउन नसकेको मेलम्ची बजार क्षेत्रको फोहरको थुप्रोबाट नै स्पष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो

सम्बन्धित

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको अडान

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

किसानलाई बाख्रा र धानको बीउ

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com