ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैक्षिक सहकार्यका लागि सम्झौता


एबीसी / संवाददाता
माघ २७, २०७८ बिहीबार  ४ : १२ बजे

कर्णाली, २७ माघ । मध्यपश्चिम विश्वविद्यालय र मलेसियाको तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि द्धिपक्षीय सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजका तर्फबाट अध्यक्ष प्रा. डा. ली जी वेइले भर्चुअल माध्यमबाट सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

अनलाइन सम्झौता समारोहमा मध्यपश्चिमका उपकुलपति सिंह तथा समकक्षी रहमान यूनिभर्सिटी कलेजका अध्यक्ष वेइले आ–आफ्नो विश्वविद्यालयका शैक्षिक कार्यक्रम र सहकार्यका सम्भावनाबारे धारणा व्यक्त गर्नुभएको थियो । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले सम्झौतापश्चात् दुवै शैक्षिक संस्थाको विकासका साथै आपसी समझदारीलाई बढावा दिने विश्वास व्यक्त गर्नुभयो । तुङ्कु अब्दुल रहमान यूनिभर्सिटीका अध्यक्ष वेइले विद्यार्थी, प्राध्यापक तथा कर्मचारी आदानप्रदान हुने र उक्त कार्यमा आफ्नो पूर्ण साथ तथा समर्थन रहने प्रतिबद्धता जनाउनुभयो । दुवै विश्वविद्यालयले समानता र पारस्परिकताका आधारमा आपसी हितका लागि विभिन्न सहयोगी गतिविधि सञ्चालनका लागि सम्झौता गर्न सहमत भएको जनाएका छन् । सम्झौता अवधि पाँच वर्षको रहेको छ । नेपाल सरकारद्वारा २०६७ असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालय स्वायत्त तथा सार्वजनिक उच्च शिक्षा संस्था हो । यसले देशभर सात ग्रेजुएट स्कूल, १० आंगिक क्याम्पस, दुई स्कूल र एक सम्बन्धन प्राप्त कलेज सञ्चालन गरेको छ । विश्वविद्यालयमा कृषि तथा वन विज्ञान, शिक्षा, इन्जिनियरिङ, मानविकी तथा समाजशास्त्र, कानून, व्यवस्थापन, विज्ञान तथा प्रविधि लगायतका विभिन्न विषयमा पीएचडी, एमफिल, स्नातकोत्तर र स्नातक कार्यक्रममा गरी करिब १२ हजार विद्यार्थी अध्ययनरत छन् ।

त्यस्तै तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेज मलेसियाका प्रथम प्रधानमन्त्रीको नामबाट सन् १९६९ मा स्थापना भई सन् २०१३ मा यूनिभर्सिटी कलेजका रुपमा स्तरोन्नति भएको हो । यस यूनिभर्सिटी कलेजका मलेसियामा छ आंगिक क्याम्पस रहेका छन् भने मुख्य क्याम्पस मलेसियाको राजधानी क्वालालम्पुरमा छ । यस विश्वविद्यालयमा लेखा, वित्त र व्यापार, व्यावहारिक विज्ञान, कम्प्युटर तथा सूचना प्रविधि, वातावरण, इन्जिनियरिङ्, प्रविधि, सामाजिक विज्ञान र मानविकी आदि कार्यक्रमअन्तर्गत पीएचडी, एमफिल, स्नातकोत्तर, स्नातक र डिप्लोमा तहमा करीब २८ हजार विद्यार्थी अध्ययनरत रहेको मध्यपश्चिम विश्वविद्यालयद्धारा जारी पे्रस नोटमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com