ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८८ प्रतिशतलाई खोप, दुई हजारलाई ‘बुस्टर’ मात्रा


एबीसी / संवाददाता
माघ १७, २०७८ सोमबार  ७ : २७ बजे

बाग्लुङ, १७ माघ । जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार दुवै मात्रा खोप पाउनेको सङ्ख्या भने ७८ प्रतिशत छ । पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ छ । कार्यालय प्रमुख सुरज गुरौले १२ देखि १७ वर्ष भित्रका बालबालिका र किशोरकिशोरीलाई पनि खोप दिन सुरु गरिएको बताउनुभयो ।

सो उमेर समूहका २३ हजार दुई सय २८ जनाले मोडर्ना खोप पाइसकेको उहाँको भनाइ छ । कुल २७ हजारलाई लगाउने लक्ष्य लिइएकामा ८४ प्रतिशतले खोप पाइसकेका छन् । यसअघि खोपको दोस्रो मात्रा लगाएको छ महिना पुगिसकेका दुई हजार ३९ जनालाई बुस्टर मात्रा दिइएको प्रमुख गुरौले जानकारी दिनुभयो । कोभिसिल्ड र भेरोसेल खोप लगाएकाले त्यसकै थप मात्रा पाएका हुन् । पहिलो चरणमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायतलाई बुस्टर मात्रा दिइएको हो । सरकारले ६० वर्षमाथिकालाई पनि बुस्टर मात्रा दिने नीति बनाएको छ । “खोप अभियान जिल्लाका दसै स्थानीय तहमा निरन्तर चलिरहेको छ”, प्रमुख गुरौले भन्नुभयो, “१२ वर्ष माथिका सबैले खोप पाउहुनुहन्छ ।” उहाँका अनुसार खोपको अभाव हुने स्थिति अहिले छैन । सानो उमरेका बालबालिकाका लागि भने अहिलेसम्म खोप आइसकेको छैन । सरकारले आउँदो चैतभित्रमा सबै नेपालीलाई खोपको पहुँचमा ल्याउने भनेको छ । सबै उमेर समूहलाई लक्ष्य गरी खोप अभियान सञ्चालन भएमा यहाँका दुई लाख ५० हजार ५४४ जनालाई खोप दिनुपर्छ ।

खोपकै कारण कोरोना महामारीको तेस्रो लहर कम जोखिमपूर्ण देखिएको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताउनुभयो । उहाँका अनुसार यस चरणमा कोभिड–१९ ले थलिएर अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून छ ।
“खोपले शरीरको प्रतिरोधी क्षमता बढाएका कारण सङ्क्रमण भइहाले पनि स्वास्थ्य जटिलता निम्तिएको छैन”, उहाँले भन्नुभयो, “अस्पताल भर्ना भएकाको अवस्था पनि सामान्य छ, अक्सिजन पनि कम मात्र दिए पुग्ने स्थिति छ ।” अस्पतालको आइसोलेशनकक्षमा अहिले चार जना सङ्क्रमित उपचाररत छन् । आईसियूमा भने कुनै पनि बिरामी छैनन् । सङ्क्रमण बढ्दै जाँदा अस्पतालमा बिरामी थपिन सक्ने प्रमुख चिकित्सक पोखरेललको भनाइ छ । पछिल्लो लहरमा अस्पतालकै १८ जना चिकित्सक/स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । प्रत्येक व्यक्ति जिम्मेवार भएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेमा सङ्क्रमण रोक्न सकिने उहाँको भनाइ छ ।

स्वास्थ्य कार्यालयको आँकडाअनुसार हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ८३ छ । धवलागिरि अस्पतालको आइसोलेशनमा रहेका चार जनाबाहेक अरु सबै सङ्क्रमित होम आइसोलेशनमा छन् । पछिल्लो साता सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर पाँच सय नाघेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सम्बन्धित

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

राष्ट्रिय सभामा काँग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो

सरकारलाई सांसद अधिकारीको प्रश्तावः विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com