काठमाडौँ । कोरोना संक्रमणबाट आज थप ३२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज नेपालमा कोरोनाका ३ हजार ५ सय ४० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ५० हजार ९ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा। संगीता मिश्राले माघ १३ देखि १६ गतेसम्ममा संक्रमणबाट ३२ जनाको मृत्यु भएको जानकारी दिएकी हुन् ।
त्यस्तै, आज ६ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ५४ हजार ७०७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार १ सय ४५ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्