रियाद, १२ माघ । साउदी अरबका युवराज मोहम्मद विन सल्मान विन अब्दुलाजिज अल साउद र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चान बीच भेटवार्ता भएको छ । साउदी अरबको राजधानी रियादमा उनीहरुका बीचमा मङ्लबार भेटवार्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
भेटवार्ताका क्रममा उनीहरुले दुई पक्षीय चासो, सरोकारका विषयमा छलफल गरेको समाचारमा जनाइएको छ । त्यसैगरी आपसी सम्वन्धलाई थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको बताइएको छ । साउदी अरबका युवराजको मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डका प्रधानमन्त्री रियाद आएका हुन् । झण्डै तीन दशकपछि पहिलो पटक थाइल्याण्डका सरकार प्रमुखले साउदी अरबको औपचारिक भ्रमण गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्