काठमाडौं । आज पनि पहाडी क्षेत्रका धेरै ठाउ“मा सिमसिम पानी पर्ने मौसमविद्ले बताएका छन् ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउ“मा आज पनि हल्का पानी पर्नेछ । पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारसम्म मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । दिउ“सो केहीबेर घाम देखिए पनि फेरि बादल लाग्नेछ ।
अहिले प्रदेश–१ र वाग्मती प्रदेशका केही ठाउ“मा हल्का पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । यस्तै, राति पनि देशका एक÷दुई ठाउ“मा हल्का पानी पर्नेछ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । हल्का वर्षा र बादलका कारण देशभरको अधिकतम तापक्रम घटेको छ । मौसम बद्ली भइरहेकाले न्यूनतम तापक्रम भने घटेको छैन ।








प्रतिक्रिया दिनुहोस्