ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित


एबीसी / संवाददाता
माघ ७, २०७८ शुक्रबार  ३ : ०२ बजे

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण तीव्र बनेपछि नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय समिति बैठक स्थगित भएको छ । गत महिना आठाँै राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगाउन शनिबारका लागि बैठक बोलाएको थियो ।

मुलुकभर कोरोना भाइरस सङ्क्रमण बढेका कारण शनिबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगन भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । कोरोना बढेसँगै सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सार्वजनिकस्थलमा खोप कार्ड अनिवार्य गरेको छ । यस्तै आज रातिदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ । यसअघि माओवादीको केन्द्रीय समिति बैठक गत पुस २५ गतेका लागि बोलाइएको थियो । केन्द्रीय कार्यालयका कर्मचारीलगायत नेतामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैठक भोलिसम्मका लागि स्थगन गरिएको थियो । पुस अन्तिम साता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शक्ति बस्नेतलगायत एक दर्जनबढी नेतामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

महाधिवेशन सम्पन्न भएलगत्तै गत पुस १८ गते बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो । त्यसपछि बस्ने बैठकले पदाधिकारीको चयन गर्ने बताइए पनि कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बैठक स्थगन भएसँगै पदाधिकारी चयन अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

सम्बन्धित

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com