ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने’


एबीसी / संवाददाता

काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने बताउनुभएको छ । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका– ७ मा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुङ्गिने बताउनुभयो ।

‘‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ”, मन्त्री साहले भन्नुभयो,‘‘ प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ ।”

प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुङ्गिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

शीतलहरका बेला लत्ताकपडाको जोहो गर्न नसक्ने विपन्न, गरिब नागरिकलाई प्रदेश सरकारले राहतस्वरुप कम्बल वितरणको कार्यक्रम सुरु गरेको बताउनुहुँदै सञ्चारमन्त्री साहले चिसो र शीतलहरबाट नागरिकको ज्यान जोगाउन सरकारले आवश्यक तयारी गरिरहेको समेत बताउनुभयो । सो कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता परमेश्वर साहले जाडोबाट प्रभावित विपन्न नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व भएकाले तीनै तहको सरकार तत्काल यसप्रति गम्भीर हुनुपर्ने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिका–७ का वडाध्यक्ष जानकीराम साहको अध्यक्षतामा आयोजित कम्बल वितरण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्र तथा स्थानीय पवन ठाकुरले प्रदेश सरकारले विपन्न नागरिकलाई कम्बल वितरण गरी सराहनीय कार्य गरेको बताउनुभयो ।

सो अवसरमा सामाजिक विकासको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै स्थानीय जयकिसुन साह, हकिम राईन्, विश्वनाथ दास, लक्ष्मण पाण्डे, अनिता श्रीवास्तव, रामनाथ पाठक, जगदीश साह लगायतलाई सञ्चारमन्त्री साहले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रममा सञ्चारमन्त्री साहले जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका ५०० गरिब, विपन्न परिवारलाई कम्बल वितरण गर्नुभयो ।

केन्द्रको कार्यकारी निर्देशकमा अन्सारी नियुक्त

प्रदेश २ सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको छ ।
प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठकले अन्सारीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । विगतमा सङ्घीय सरकार मातहत रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र प्रदेश मातहत आएपछि त्यसलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र नाम दिएर मुख्यमन्त्री कार्यालयको मातहत राखिएको छ ।

केन्द्रको कार्यकारी निर्देशक पदका लागि तीन जना प्रतिस्पर्धी सिफारिस भए पनि विभिन्न निकायमा राम्रो कार्य अनुभव भएका अन्सारीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता साहले बताउनुभयो ।

तीन युवक पक्राउ

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सिरहा प्रहरीले आज बिहान तीन जना युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लहान नगरपालिका– १२ पडरिया चोकबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीय २२ वर्षीय प्रशान्त चौधरी, २३ वर्षीय मिथलेश चौधरी र २९ वर्षीय साजन चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको साथबाट लागुऔषध ब्राउन सुगर ५ दशमलव ५ ग्राम, नगद रु ११ हजार र दुई थान मोबाइल बरामद भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

चीनमा बनेको पाकिस्तानी जेटले भारतीय लडाकु विमान खसालेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता

सम्बन्धित

गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौँ: राष्ट्रपति

ट्रम्पले भने- युक्रेनले पुटिनको प्रस्ताव मान्नुपर्छ

गण्डकी त्रिभुज परियोजना कार्यान्वयन नभएकामा वर्षमानको असन्तुष्टि

गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश- प्रधानमन्त्री

जेलेन्स्कीले भने: बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु

छत्तीसगढमा २ गाडी ठोकिँदा १३ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com