ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“साहित्यले  समाजलाई सचेत एवं परिवर्तनको चेतना प्रदान गर्छ” –  पूर्व सभामुख कृष्णबहादुर महरा


एबीसी / संवाददाता

रोल्पा, पूर्व सभामुख एवं नेकपा (माओवादी)  केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले साहित्य भनेको समाजलाई सचेत एवं परिवर्तनको चेतना प्रदान गर्ने एउटा बलियो माध्यम भएको बताउँदै त्यसलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो  ।

पूर्व सभामुख कृष्णबहादुर महराले रोल्पाले जनयुद्धको बेला गरेको बलिदानले नै आज नयाँ नेपाल निर्माण भएको दावी गर्दै भन्नुभयो “रोल्पा जिल्ला ध्वंस गर्ने मात्रै भएन अब निर्माण गर्न चहाएको छौ, जनयुद्धमा सबैभन्दा बढी बलिदान रोल्पाबाट बलिदान भएको छ त्यसैले यो शहीदहरूको बलिदानबाट आर्जेको जिल्ला अब निर्माण तिर लागेका छौँ । भन्ने  सन्देश साहित्यबाट दिनका लागि अपिल गर्नुभयो ।

सो विचार समाजको लागि शब्द भन्ने नाराका साथ सुनिल  स्मृति  साहित्य महोत्सव सुलिचौरको उद्घाटन गर्दै महराले बताउनुभयो ।  उहाँले जनयुद्धको जगमा रोल्पामा विकास निर्माणको लहर आएको बताउँदै त्यसका लागि सबैले जनयुद्धलाई आत्मसाथ गर्नका लागि अपिल गर्नुभयो । पूर्व सभामुख कृष्णबहादुर महराले आफ्नो कार्यकालमा हात हातमा मोबाइल, घर घरमा इन्टरनेटको नाराले आज सार्थकता पाएर देश नै सञ्चारमामय  भएको बताउनुभयो । यस्तै देशमा सडक, विजुली भौतिक पूर्वाधार र जनताको चेतनाको विकास भएको बताउनुभयो ।

उहाँले रोल्पा जिल्लालाई विगतको राज्यसत्ताबाट उपेक्षित बताउँदै  लुकेको जिल्ला भएपनि  अब साहित्य क्षेत्रबाट अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो । महाराले  महान शहीद “कृष्ण सेन इच्छुक “ले रोल्पाको बारेमा यहाँको आत्मियतालाई अगाडि बढाउनको लागि लेखमा मार्फत अभिव्यक्त गरेको बताउनुभयो । रोल्पाको अभाव र गरीबीको बारेमा भए पनि लेखेर अभिव्यक्त गरेको बताउँदै महराले आगामी दिनमा आजै हजारौँ इच्छुकको जन्म हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि कृष्णबहादुर महराले २३ वर्ष अगाडिको एउटा कविता सुनाउँदै भन्नुभयो  “२०३८ सालमा नुन बोक्ने भरिएको जीवनलाई अभिव्यक्त गर्नका लागि ‘हतारो’ पत्रिका प्रकाशन गरेका थियौँ, त्यतिबेला प्रमुख जिल्ला अधिकारीले तारेख लगाएका थिए त्यो पनि विद्रोहको एउटा माध्यम थियो यदी उहाँको विरुद्धमा बोलेर त आज राजनीतिकमा आएर देश परिवर्तनका लागि योगदान दिन पाएका छौ  ।” त्यसमा किमबहादुर थापा ‘सुनिल’, खगेन्द्र विष्ट लगायतको टिममा सहभागितामा प्रकाशन गरेको महराले बताउनुभयो  ।

उहाँले साहित्य समाजको ऐना भएर रोल्पा जिल्लाको बलिदान, त्याग, तपस्या बलिदानको बारेमा साहित्यबाट बाहिर लेख्न, बोल्न र प्रचार प्रवाह गर्नका लागि अनुरोध गर्नुभयो । मनतव्यको अन्तमा २०३८ सालमा लेखेको कविता प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com