ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘इन्द्रेणी’ रङमा सजिदै माओवादी केन्द्रीय समिति


एबीसी / संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गर्ने भएको छ । माओवादीले त्यसलाई ‘इन्द्रेणी’ प्रतिनिधित्वको नाम दिएको छ । निर्वाचन आयोगका अनुसार आजै पारित भएको विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने छ । यस्तै केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार समानुपातिकतर्फको खस आर्यतर्फ ४५ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । त्यसमा पुरुष १२ जना, ४० वर्षभन्दा कम उमेर समूहका तीन जना, महिला २४ जना र ४० वर्षभन्दा कम उमेर समूहका महिला छ जना निर्वाचित हुनेछन् ।

यस्तै पहिलोपटक दलित समुदायलाई १५ प्रतिशत बराबरको हिस्सा प्रदान गरेको माओवादीले केन्द्रीय समितिमा २२ जनाको सहभागिता सुनिश्चित गरेको छ । लामो समयदेखि सामाजिक बहिस्करणमा पारिएको दलित समुदायलाई केन्द्रीय नेतृत्वमा ल्याउन लागिएको माओवादीको भनाइ छ । आयोगका अनुसार सो समूहमा पुरुषतर्फ सात जनामा एक युवा, महिला १२ जना र ४० वर्षभन्दा कम उमेर समूहका तीन जनाको प्रतिनिधित्व हुनेछ । माओवादीले अल्पसङ्ख्यकको रूपमा रहेका मुस्लिम समुदायका लागि सात जनाको सिट सुरक्षित गरेको छ । त्यसमा पुरुषतर्फ दुई निर्वाचित हुनेछन् । त्यसमा एक जना ४० वर्षमाथिका र अर्का एक ४० वर्षभन्दा कम उमेर समूहका छन् । मुस्लिम महिलातर्फ चार जना निर्वाचित हुँदा एक जना ४० वर्षभन्दा कम उमेर समूहको निर्वाचित हुने व्यवस्था गरिएको छ ।

मधेशीतर्फ कूल २३ जना केन्द्रीय समितिमा निर्वाचित हुनेछन् । त्यसमा पुरुषको सङ्ख्या सात रहने छ । त्यसमा पनि छ जना ४० वर्षमाथिका र एक ४० वर्षभन्दा कम उमेर समूहका हुनेछन् । महिलातर्फ कूल १६ जना निर्वाचित हुनेछन् । त्यसमा १३ जना ४० वर्ष उमेर समूहभन्दा माथिका र तीन ४० वर्षभन्दा कम उमेर समूहका हुनेछन् । आदिवासी जनजातितर्फ कूल ४३ जना निर्वाचित हुनेछन् । त्यसमा पुरुषको सङ्ख्या १४ रहेको छ । त्यसमा पनि ११ जना ४० वर्षमाथिका रहँदा तीन भने त्यसभन्दा कम उमेर समूहका हुनेछन् । त्यस्तै कूल २९ जना महिला निर्वाचित हुनेछन् । थारू समुदायलाई माओवादीले १० सिट उपलब्ध गराएको छ । त्यसमा तीन पुरुषको सहभागिता रहनेछ । महिला कूल सात जना हुनेछन् ।

अपाङ्गता भएकातर्फ कूल दुई जना निर्वाचित हुनेछन् । त्यसमा पुरुष र महिलाको प्रतिनिधित्व एक÷एक जनाको हुनेछ । पिछडिएको क्षेत्रतर्फ पनि दुई जना निर्वाचित हुनेछन् । त्यसमा महिला र पुरुषको सङ्ख्या समान एकरएक छ । यस्तै खुलातर्फ कूल १४५ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । माओवादीको आज पारित भएको विधानअनुसार पदाधिकारीको सङ्ख्या १५ हुने व्यवस्था गरिएको छ । त्यसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरिएको छ । कूल केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । माओवादीले संविधानप्रदत्त अधिकारभन्दा पनि अगाडि बढेर सबै वर्ग तथा क्षेत्रको सहभागितालाई सुनिश्चित गरेको विधानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले जानकारी दिनुभएको थियो ।

इन्द्रेणीको सातै रङअनुसारको प्रतिनिधित्वको सुनिश्चितता गरिएको र सबै वर्ग तथा क्षेत्रका अधिकारका लागि ‘जनयुद्ध’ को समयदेखि नै विशेष भूमिका प्रदान गरेको माओवादीको दाबी छ । महिला, आदिवासी, जनजाति, मुस्लिम, थारू समुदायलाई अधिकारसम्पन्न गराउने गरी विधानमा व्यवस्था गरिएको नेता गुरुङको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com