ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस चितवन सभापतिमा ६ जना चुनावी मैदानमा


एबीसी / संवाददाता
पुस १४, २०७८ बुधबार  ४ : ४४ बजे

काठमाडौं । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् । यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरेले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुट्नु भएको छ ।

कांग्रेसको क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुट्नु भएको छ । जिल्लामा पूर्व संस्थापन समूहको प्रभाव बढी छ । अधिकांश सभापतिका उम्मेदवार पूर्व संस्थापन निकट मानिन्छन् ।जिल्लामा वडा अधिबेशनबाट दुई हजार ९०६ क्षेत्रीय प्रतिनिधि छन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार क्रियाशील सदस्यको आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । उहाँका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ ।

जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो । पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको उहाँले जानकारी दिनुभयो । जिल्ला समिति सभापतिसहित ५० जनाको हुने छ । जिल्लामा तीन क्षेत्र छ । देशमानै क्रियाशील सदस्य बढी भएको जिल्लामध्येमा चितवन पर्दछ । यसअघि अधिवेशन हुने भनिए पनि विभिन्न कारण देखाउँदै निर्वाचन अधिकृतले राजीनामा दिएपछि निर्वाचन हुनसकेको थिएन । यसै जिल्लाबाट नेपाली कांग्रेसको स्थापनापछि पहिलो पटक पाँच जनाले केन्द्रीय सदस्यमा निर्वाचित हुने अवसर प्राप्त गर्नुभएको छ । यसअघि जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुन कोही सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com